वेस्ट इन्डिज ‘ए’माथि नेपालको ऐतिहासिक जित

वेस्ट इन्डिज ‘ए’माथि नेपालको ऐतिहासिक जित : Icon Khabar

काठमाडौँ, वैशाख १५ । कप्तान रोहित कुमार पौडेलको शानदार शतकमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले वेस्ट इन्डिज ‘ए’ विरुद्ध टि२० सिरिजको पहिलो खेलमा जित दर्ता गरेको छ ।

वेस्ट इन्डिज टोलीले प्रस्तुत गरेको २ सय ५ रनको लक्ष्य पछ्याउने क्रममा कप्तान रोहितले उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्दै नेपाललाई ४ विकेटको जितसम्म पुर्याए । नेपालले ६ विकेटको नोक्सानीमा लक्ष्य पूरा गरेको हो ।

कप्तान रोहितले १९ औं ओभरमा कट बिहाइन्ड हुनुअघि १ सय १२ रन जोडे । उनले ५४ बलमा १० चौका र ६ चक्का प्रहार गरेका थिए । उनले २७ बलमा अर्धशतक पूरा गरेका थिए ।

नेपालले तेस्रो ओभरमा ओपनर अनिल शाहलाई गुमाएको थियो । उनी ९ बलमा ५ रन जोड्दै म्याथ्यु फर्डको बलमा टप एज लाग्दै क्याच आउट भए । लगत्तै पाँचौ ओभरमा कुशल १२ बलमा १६ रन जोड्दै विकेटकिपरको हातबाट समातिए ।

कुशल मल्ल सिंगल लिने धुनमा रनआउट हुँदा नेपाल दशौं ओभरमा ८२-३ को स्थितिमा थियो । त्यसपछि दीपेन्द्र र रोहितले चौथो विकेटका लागि ६४ रन जोडे । दीपेन्द्र १८ बलमा २ चौका र १ छक्कासहित २४ रन जोड्दै मिडअफमा क्याच आउट भए ।

विवेक यादव ठूलो सट खेल्ने धुनमा १८ औं ओभरमा ओबेड मकोएबाट बोल्ड भए । उनले ६ बलमा ७ रन मात्र जोडे ।

नेपाललले टस जितेर पहिलो ब्याटिङको निम्तो दिएपछि वेस्ट इन्डिज ए ले कप्तान रोस्टन चेजको ७४ रनमा बलियो स्कोर बनाएको हो । टोलीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ४ रन जोड्यो ।

पहिलो ओभरमा ओपनर जोन्सन चार्ल्स आउट भएपनि वेस्ट इन्डिजले आक्रामक ब्याटिङमा पछि हटेन । कमल सिंह ऐरीले चार्ल्सलाई दोस्रो बलमा बोल्ड गरेका थिए । चौथो ओभरमा आन्द्रे फ्लेचर १३ रनमा रनआउट भए ।

अलिक अथान्जेले २५ बलमा ५ चौका र ३ छक्कासहित ४७ रन जोडे । उनी सातौँ ओभरमा कप्तान रोहितको बलमा ललितको हातबाट पोइन्टमा समातिए ।

केसी कार्टि र कप्तान चेजले चौथो विकेटका लागि ६० रनको साझेदारी गरे । कार्टि २६ बलमा ३८ रन जोड्दै अभिनाश बोहोराको बलमा क्याच आउट भए ।

चेजले ४६ बलमा ८ चौका र २ छक्कासहित ७४ रन जोडे । उनी अन्तिम ओभरमा दीपेन्द्रको शिकार बने । डेब्यु गरेका कदिम एलेनेले १४ रन बनाए ।

नेपालका लागि कमल सिंह ऐरी, दीपेन्द्र सिंह ऐरी, रोहित पौडेल र अभिनाश बोहोराले १-१ विकेट लिए । ५ खेलको सिरिज अन्तर्गत दोस्रो खेल आइतबार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 April 2024
Website | + posts




ताजा
तीन महिनामा थपियो ५० अर्ब ६० करोड रुपैयाँ बराबर सरकारी ऋण
कर्णालीका हिमाली जिल्लाहरूमा अत्यधिक हिमपात
अबदेखि अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणको लागि शुल्क लाग्ने
राष्ट्रपति कार्यालयमा तोडफोड तथा लुटपाट गरेको आरोपमा तीन जना पक्राउ


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने