बागमती प्रदेशमा डेंगु सङ्क्रण बढ्दै, थप १७ जनामा सङ्क्रण पुष्टि

बागमती प्रदेशमा डेंगु सङ्क्रण बढ्दै, थप १७ जनामा सङ्क्रण पुष्टि : Icon Khabar

काठमाडौँ, वैशाख १५ । बागमती प्रदेशमा थप १७ जना डेंगु सङ्क्रमित थपिएका छन् । वैशाखको १३ गते बिहीबारसम्म चितवनमा ११ र मकवानपुरमा ६ जना डेंगु सङ्क्रमित थपिएको बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गर्मीयाम सुरु भएसँगै बागमती प्रदेशका जिल्लाहरूमा डेंगु सङ्क्रमण बढ्न थालेको तथ्याङ्क छ । स्वास्थ्य मन्त्रालयका अनुसार वैशाखमा प्रदेशका चितवन र मकवानपुरमा डेंगुका बिरामी फेला पर्न थालेका हुन् । चालु आर्थिक वर्षको साउनदेखि वैशाख १३ गते बिहीबारसम्म प्रदेशका १३ जिल्लामा एघार हजार ४०६ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो । गत २४ घण्टामा दुई जना डेंगु सङ्क्रमित थपिएका छन् ।

चालु आर्थिक वर्षको साउनदेखि हालसम्म सबैभन्दा बढी धादिङमा डेंगु पुष्टि भएको हो । मन्त्रालयको तथ्याङ्क अनुसार धादिङमा तीन हजार ५०१ र सबैभन्दा कम रसुवामा दुई जनामा डेंगु पुष्टि भएको थियो । तथ्याङ्क अनुसार चालुआवको हालसम्म काठमाडौँमा तीन हजार‚ चितवनमा एकहजार ७०५‚ ललितपुरमा एकहजार ४३८‚ मकवानपुरमा ८५७‚ भक्तपुरमा ४९४‚ काभ्रेपलान्चोकमा १६७ जनामा डेंगु पुष्टि भएको छ ।

त्यस्तै, नुवाकोटमा ८१‚ दोलखामा ७९‚ रामेछापमा २७‚ सिन्धुपाल्चोकमा ३२ र सिन्धुलीमा २३ जनामा डेंगु पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा.रविन भुसालले जानकारी दिनुभयो । डेंगु सङ्क्रमणका कारण हालसम्म धादिङ र ललितपुरका दुई/दुई जना‚ काभ्रेपलाञ्चोक र मकवानपुरका एक/एक जनासहित ६ जना सङ्क्रमितको मृत्यु थियो ।

मन्त्रालयका अनुसार चालु आवको साउनमा दुई हजार ५१८‚ भदौमा दुई हजार ८०९‚ असोजमा दुई हजार ८१६‚ कात्तिकमा दुईहजार ७०‚ मङ्सिरमा ७६९‚ पुसमा १९६‚ माघमा ५७‚ फागुनमा ४४ र चैतमा ११० जनामा डेंगु सङ्क्रमण पुष्टि भएको तथ्याङ्क छ ।

Published Date: 27 April 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक