सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? : Icon Khabar

काठमाडौँ, वैशाख १४ । शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । यस दिन सुनको मूल्य प्रतितोला एक हजार ४०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य २० रुपैयाँले मंहगिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ३७ हजार २०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार छापावाला सुन प्रतितोला एक लाख ३५ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३५ हजार १५० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

यस दिन चाँदीको मूल्य पनि बढेको छ । यसदिन चाँदी तोलामा २० रुपैयाँले बढेर प्रतितोला एक हजार ६७५ रुपैयाँ किनबेच भइरहेको छ । बिहीबार प्रतितोला एक हजार ६५५ रुपैयाँमा किनबेच भएको थियो ।

Published Date: 26 April 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास