आज शुक्रबारको राशिफल

आज  शुक्रबारको राशिफल : Icon Khabar

काठमाडौँ, वैशाख १४ । आज २०८१ वैशाख १४ गते  शुक्रबार, तद्अनुसार २६ अप्रिल २०२४ । आज उत्तरायणं वसन्त ऋतु, वैशाख कृष्ण पक्ष द्वितिया विहान ८ बजेसम्म तत्पश्चात तृतिया तिथी, अनुराधा नक्षत्र, वरियान योग, चन्द्र राशि वृश्चिक, सूर्योदयः बिहान ०५ः२९ बजे, सूर्यास्तः साँझ १८ः३४ बजे । आज शुक्र तथा शनिको त्रिएकादश योग परेको छ । शुक्र तथा शनि एक–अर्काबाट तेस्रो तथा ११औं भावमा रहने छन्, जसअनुसार आजको दिन मेष, कर्कट, सिंह, कन्या तथा कुम्भ राशिका मानिसहरुका लागि मान, सम्मानमा वृद्धि तथा आर्थिक लाभ दिलाउने छ ।

आजको राशिफल

मेष: आज घरपरिवारमा हर्षोल्लासको वातावरण रहने छ । समाजमा मान–सम्मान बढ्ने छ । आर्थिक उन्नति हुनेछ ।

वृष: आज क्रोध तथा जलनमा नियन्त्रण गर्नु होला । हतारमा कुनै पनि काम नगर्नु होला, हानि हुनेछ । आजको दिन सन्तानका लागि समेत हितकारी छैन ।

मिथुन: आफूलाई बोझ हुने कुनै पनि कार्य नगर्नु होला, अनावश्यक विवाद हुनसक्छ । आफ्नै नजिकका व्यक्तिका कारण समस्यामा पर्न सकिने छ, ध्यान दिनु होला ।

कर्कट: आज यात्राको योग छ । स्वास्थ्य सम्बन्धि समस्या देखा पर्न सक्छ । कुनै धार्मिक स्थलको भ्रमण फलदायी हुनेछ ।

सिंह: आफ्ना परिचितहरुसंग लेन–देनमा सावधानी अपनाउनु होला । घर, सवारीसाधनमा खर्च हुने योग छ । यात्रा फलदायी हुनेछ ।

कन्या: जागिर, व्यवसायमा लेनदेनको क्रममा अतिरिक्त सतर्कता अपनाउनु होला । कार्यस्थलमा साथीहरुको सहयोगले बिग्रिएका कामहरु बन्ने छन् ।

तुला: शिक्षा, प्रतियोगिता तथा सन्तानको तर्फबाट सन्तोषजनक परिणाम प्राप्त हुनेछ । परिवारमा कसैप्रति बिना कारण क्रोध आउन सक्छ, सावधान रहनु होला ।

वृश्चिक: बिना कारण कसैसंग वहस नगर्नु होला, झगडा हुनसक्छ । नयाँ कुरा सिक्ने प्रयास गर्नु होला । समयसंगै अगाडि बढ्न सक्ने योग छ ।

धनु: आज महत्वाकांक्षा अथवा काममा दिशाको कमि महसूस हुनेछ । आफैंप्रति बढी ध्यान केन्द्रित गर्नु पर्ने आवश्यकता छ । फजूल खर्चबाट बच्नु होला ।

मकर: विभिन्न समस्याहरु तथा मतभेदहरुको सामना गर्नु पर्ने हुनसक्छ, होशियार रहनु होला । अनावश्यक वादविवादबाट पनि बच्नु होला ।

कुम्भ: आजको दिन व्यस्त रहनु हुनेछ । खुशीको खबर पाउनु हुनेछ । नयाँ अवसरका साथै यात्राबाट अपेक्ष्ँित परिणामा प्राप्त हुनेछ । आकस्मिक लाभको अवसरसमेत आउने छ ।

मीन: आज कुनै विशेष कार्यको चिन्ता रहन सक्छ । व्यर्थको प्रतिस्पर्धा नगर्नु होला । अपरिचितसंग सावधान रहनु होला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 26 April 2024
Website | + posts




ताजा
जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागारबाट अझै ५७०० कैदीबन्दी फरार
जेनजी आन्दोलनमा घाइते ३० जना अझै देशका विभिन्न अस्पतालहरूमा उपचाररत
मंगलबार नेप्से परिसूचक ५८.५५ अंकले घट्यो
बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले तरलता खिच्ने क्रम जारी


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने