बिहीबार नेप्से परिसूचक ३.२४ अंकले घट्यो

बिहीबार नेप्से परिसूचक ३.२४ अंकले घट्यो : Icon Khabar

काठमाडौं, वैशाख १३ । बिहीबार नेप्से परिसूचक ३.२४ अंक घटेर १९६५.९३ विन्दुमा झरेको छ। त्यसैगरी,सेन्सेटिभ इण्डेक्स ०.३७ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.१७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१४ अंक घटेको छ।

बिहीबार नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन २ अर्ब ५३ करोडको शेयर खरिदबिक्री भएको बजारमा आज ३०३ स्टकको ४२ हजार १६ पटकको कारोबारमा २ अर्ब ३६ करोड ६९ लाख रुपैयाँ बराबरको ६३ लाख १२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

बिहीबार १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ३.१३ प्रतिशत बढेको छ। त्यस्तै, जीवन बीमा, म्युचुअल फण्ड, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको छ। घटेर परिसूचकहरुको गिरावट दर भने ०.५० प्रतिशतभन्दा कम रहेको छ।

बिहीबार शेयरमूल्य बढेका शीर्ष १० कम्पनीहरुको सूचीमा ५ फाइनान्स कम्पनी रहेका छन्। जसमध्ये मल्टीपर्पस फाइनान्स कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, पोखरा फाइनान्सको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ भने स्वाभिमान लघुवित्तको शेयरमूल्य ६.७९ प्रतिशत बढेको छ।

कारोबार रकमका आधारमा बिहीबार पोखरा फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ११ करोड २६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै मल्टीपर्पस फाइनान्सको करिब साढे ९ करोडको शेयर खरिदबिक्री भएको छ भने पिपुल्स पावरको साढे ८ करोडको शेयर किनबेच भएको छ।

Published Date: 25 April 2024
ताजा
सांसदहरूलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरूद्ध सर्वोच्चमा रिट दायर
बाल मन्दिर ठगी प्रकरणमा आठ जनाविरुद्ध मुद्दा दायर
फ्रान्समा बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय