प्रचण्ड सरकारमा सामेल हुँदै नाउपा, रञ्जिता निकट अरुण बन्दै मन्त्री

प्रचण्ड सरकारमा सामेल हुँदै नाउपा, रञ्जिता निकट अरुण बन्दै मन्त्री : Icon Khabar

काठमाडौं, वैशाख १३ । नागरिक उन्मुक्ति (नाउपा) पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सामेल हुने भएको छ ।

चर्को आन्तरिक विवादका बीच नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले आफू निकट सांसद अरुण चौधरीलाई मन्त्री बनाउने तयारी थालेकी छिन् । नाउपाले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय पाउने सहमति भएको स्रोतले जानकारी दिएको छ ।

भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी सत्तारुढ दल एमालेका बलराम अधिकारीले सम्हालिरहेका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय लिएर पार्टी सरकारमा सामेल हुन लागेको नाउपा स्रोतले बताएको छ । प्रचण्ड नेतृत्वकै सरकारमा नाउपाकी अध्यक्ष श्रेष्ठ १७ चैत २०७९ मा मन्त्री बनेकी थिइन् । उनले त्यतिबेला भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय नै सम्हालेकी थिइन् । प्रधानमन्त्री प्रचण्डले २१ फागुन २०८० मा कांग्रेससँगको सहकार्य तोडेर एमालेसँग मिलेर नयाँ गठबन्धन बनाएपछि श्रेष्ठ पदमुक्त भएकी थिइन् ।

नाउपाभित्र संरक्षक रेशम चौधरी र अध्यक्ष श्रेष्ठबीचको विवाद उत्कर्षमा छ । नाउपाभित्र दुई गुट छन् । मन्त्री बन्न लागेका चौधरी पनि रञ्जिता निकट मानिन्छन् । प्रतिनिधिसभामा नाउपाका चार सांसद छन् । अध्यक्ष श्रेष्ठ, अरुण चौधरी, गंगाराम चौधरी र लालवीर चौधरी नाउपका सांसद हुन् । नाउपका संरक्षक चौधरी भने सत्ता गठबन्धनको विरुद्धमा छन् । पार्टीभित्रको विवादकै कारण नाउपाले सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री गुमाउन पुगेको छ ।

Published Date: 25 April 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास