प्रचण्ड सरकारमा सामेल हुँदै नाउपा, रञ्जिता निकट अरुण बन्दै मन्त्री

प्रचण्ड सरकारमा सामेल हुँदै नाउपा, रञ्जिता निकट अरुण बन्दै मन्त्री : Icon Khabar

काठमाडौं, वैशाख १३ । नागरिक उन्मुक्ति (नाउपा) पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सामेल हुने भएको छ ।

चर्को आन्तरिक विवादका बीच नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले आफू निकट सांसद अरुण चौधरीलाई मन्त्री बनाउने तयारी थालेकी छिन् । नाउपाले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय पाउने सहमति भएको स्रोतले जानकारी दिएको छ ।

भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी सत्तारुढ दल एमालेका बलराम अधिकारीले सम्हालिरहेका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय लिएर पार्टी सरकारमा सामेल हुन लागेको नाउपा स्रोतले बताएको छ । प्रचण्ड नेतृत्वकै सरकारमा नाउपाकी अध्यक्ष श्रेष्ठ १७ चैत २०७९ मा मन्त्री बनेकी थिइन् । उनले त्यतिबेला भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय नै सम्हालेकी थिइन् । प्रधानमन्त्री प्रचण्डले २१ फागुन २०८० मा कांग्रेससँगको सहकार्य तोडेर एमालेसँग मिलेर नयाँ गठबन्धन बनाएपछि श्रेष्ठ पदमुक्त भएकी थिइन् ।

नाउपाभित्र संरक्षक रेशम चौधरी र अध्यक्ष श्रेष्ठबीचको विवाद उत्कर्षमा छ । नाउपाभित्र दुई गुट छन् । मन्त्री बन्न लागेका चौधरी पनि रञ्जिता निकट मानिन्छन् । प्रतिनिधिसभामा नाउपाका चार सांसद छन् । अध्यक्ष श्रेष्ठ, अरुण चौधरी, गंगाराम चौधरी र लालवीर चौधरी नाउपका सांसद हुन् । नाउपका संरक्षक चौधरी भने सत्ता गठबन्धनको विरुद्धमा छन् । पार्टीभित्रको विवादकै कारण नाउपाले सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री गुमाउन पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 25 April 2024
Website | + posts
ताजा
काठमाडौंको गौरीघाट जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गर्यो, सचेत रहन आग्रह
साइकल कनेक्ट भक्तपुर र जुजु बाइक्सबीच विशेष सहकार्य सम्झौता सम्पन्न
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आज डेंगु रोग नियन्त्रणको लागि मेगा अभियान सञ्चालन गरिँदै


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू