कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै

कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै : Icon Khabar

सुर्खेत, वैशाख १३ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज (बिहीबार) विश्वासको मत लिँदैछन् । मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि अपरान्ह ३ बजे प्रदेश सभाको बैठक बोलाइएको छ ।

२७ चैतमा मुख्यमन्त्री नियुक्त भएका कँडेलले दुई सातापछि गठबन्धनमा मन्त्रालयको भागबण्डा मिलाएर विश्वासको मत लिन लागेका हुन् । भागबण्डा मिलेपछि बुधबार मात्रै मुख्यमन्त्री कँडेलले माओवादी केन्द्रका रणसिंह परियारलाई विना विभागीय मन्त्री नियुक्त गरेका छन् । माओवादी केन्द्रले मुख्यमन्त्री कँडेललाई विश्वासको मत दिने निर्णय गरिसकेको छ ।

४० सदस्यीय कर्णाली प्रदेश सभामा माओवादी केन्द्रका १३, एमालेका १० र एकीकृत समाजवादीका १ सांसद छन् । त्यस्तै, नेपाली कांग्रेसका १४, राप्रपाको १ र एकजना स्वतन्त्र सांसद छन् । मुख्यमन्त्री कँडेललाई विश्वासको मत लिन २१ सांसदको समर्थन आवश्यक पर्छ । माओवादी केन्द्रले समर्थन गरेपछि कँडेलले विश्वासको मत पाउने लगभग निश्चित भइसकेको छ । तर यसअघि भने प्रदेश सामाजिक मन्त्रालय कसले लिने भन्ने विषयमा भागबण्डा नमिल्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको थियो ।

नेताहरूका अनुसार माओवादी केन्द्रले आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय लिने सहमति भएको छ । एमालेले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, आन्तरिक मामिला तथा योजना मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय लिने सहमति भएको छ । मन्त्रालय भागबण्डा टुंगिए पनि मन्त्री भने टुंगिसकेको छैन् । विना विभागीय मन्त्रीको जिम्मेवारी पाएका माओवादी केन्द्रका परियारले बुधबार नै शपथ ग्रहण गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 25 April 2024
Website | + posts




ताजा
जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागारबाट अझै ५७०० कैदीबन्दी फरार
जेनजी आन्दोलनमा घाइते ३० जना अझै देशका विभिन्न अस्पतालहरूमा उपचाररत
मंगलबार नेप्से परिसूचक ५८.५५ अंकले घट्यो
बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले तरलता खिच्ने क्रम जारी


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने