कर्णाली सरकारमा माओवादीबाट हुम्लाका रणसिंह परियार मन्त्री बन्दै

कर्णाली सरकारमा माओवादीबाट हुम्लाका रणसिंह परियार मन्त्री बन्दै : Icon Khabar

सुर्खेत, वैशाख १२ । रणसिंह परियारको नेतृत्वमा नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सरकारमा सहभागी हुने भएको छ । माओवादी प्रदेश सभा दलका प्रमुख सचेतक रहेका परियारलाई बुधबार नै मन्त्री बनाउने संसदीय दलले निर्णय गरेको छ ।

मन्त्रालय भने टुङ्गिएको छैन । यस्तै दलको बैठकले बिहीबार कर्णालीका मुख्यमन्त्री यामलाल कँडेललाई विश्वासको मत दिने निर्णय पनि गरेको माओवादीका सांसद कृष्णबहादुर जिसीले जानकारी दिए । यस्तै बुधबार बसेको माओवादी संसदीय दलको वैठकले मुख्यमन्त्री यामलाल कँडेललाई विश्वासको मत दिने निर्णय गरेको सांसद कृष्ण बहादुर जिसीले जानकारी दिए ।

मुख्यमन्त्री कँडेलले बिहीबार प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् । कर्णाली प्रदेशमा मंगलबार सत्तारुढ दलहरुबीच मन्त्रालय भागबण्डाको टुंगो लागेको छ । माओवादीले ४ र एमालेले मुख्यमन्त्रीसहित चार वटा मन्त्रालय लिने सहमति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 24 April 2024
Website | + posts
ताजा
आमायाङ्ग्री पदयात्रा: हिमालको दृश्यसँगै प्रकृतिको अनुपम सौन्दर्य (फोटो फिचर)
शिक्षण अस्पतालले आगामी माघ १ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रमको उपचार सेवा बन्द गर्ने
बलिउड अभिनेत्री सन्नी लियोनले गरिन् नेपालको प्रशंसा
सोमबार सुनको मूल्य प्रतितोला ४ हजार १ सय रुपैयाँले बढ्यो


ट्रेन्डिङ
भुलाँचा चोक हटाउने तयारीको विरोधमा स्थानीय आन्दोलित
भक्तपुरमा अपेनको तेस्रो नगर अधिवेशन सम्पन्न, अध्यक्षमा किरण गोसाईं
भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने निर्विरोध
भक्तपूर नगरव्यापी विद्यालयस्तरीय खेलकूद प्रतियोगितामा भक्तपूर मोडर्न स्कूलको उत्कृष्ट प्रदर्शन