कर्णाली सरकारमा माओवादीबाट हुम्लाका रणसिंह परियार मन्त्री बन्दै

कर्णाली सरकारमा माओवादीबाट हुम्लाका रणसिंह परियार मन्त्री बन्दै : Icon Khabar

सुर्खेत, वैशाख १२ । रणसिंह परियारको नेतृत्वमा नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सरकारमा सहभागी हुने भएको छ । माओवादी प्रदेश सभा दलका प्रमुख सचेतक रहेका परियारलाई बुधबार नै मन्त्री बनाउने संसदीय दलले निर्णय गरेको छ ।

मन्त्रालय भने टुङ्गिएको छैन । यस्तै दलको बैठकले बिहीबार कर्णालीका मुख्यमन्त्री यामलाल कँडेललाई विश्वासको मत दिने निर्णय पनि गरेको माओवादीका सांसद कृष्णबहादुर जिसीले जानकारी दिए । यस्तै बुधबार बसेको माओवादी संसदीय दलको वैठकले मुख्यमन्त्री यामलाल कँडेललाई विश्वासको मत दिने निर्णय गरेको सांसद कृष्ण बहादुर जिसीले जानकारी दिए ।

मुख्यमन्त्री कँडेलले बिहीबार प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् । कर्णाली प्रदेशमा मंगलबार सत्तारुढ दलहरुबीच मन्त्रालय भागबण्डाको टुंगो लागेको छ । माओवादीले ४ र एमालेले मुख्यमन्त्रीसहित चार वटा मन्त्रालय लिने सहमति भएको छ ।

Published Date: 24 April 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास