क्यान्सर पीडित बालिकालाई आठौं भक्तपुर महोत्सवको एक लाख सहयोग

क्यान्सर पीडित बालिकालाई आठौं भक्तपुर महोत्सवको एक लाख सहयोग : Icon Khabar

भक्तपुर, वैशाख १२ । आठौं भक्तपुर महोत्सवले क्यान्सर पीडित बालिकालाई आर्थिक सहयोग गरेको छ । भक्तपुर गएको चैत २२ गतेदेखि यहिँ बैशाख २ गतेसम्म महोत्सव संचालन गरेको आयोजक औद्योगीक शान्ति नेपाल संस्थाले क्यान्सर पीडित बालिका समिला लावतीलाई नगद रु. एक लाख सहयोग गरेको हो ।

संस्थाका अध्यक्ष सन्दिप महतका अनुसार हाल भारतको नयाँ दिल्लीमा उपचार गराईरहेकी बालिकाको खातामा उक्त रकम पठाईएको छ ।
“हामीले सधै महोत्सवबाट उठेको रकमको केही प्रतिशत सामाजिक कार्यमा सहयोग गर्दै आइरहेको छौं, त्यो अनुसार बिरामी नानीलाई सहयोग गरेका हौं”, महतले भने ।

बालिकालाई सहोग गर्न चाहानेले समिला लावती एभरेष्ट बैंकको खाता नं.०१२१०५०१२०००१२ मा रकम पठाउन सक्नु हुनेछ ।

औद्योगीक शान्ति नेपालले हाल चन्द्रगिरी नगरपालिकाको नैकापमा महोत्सव संचालन गरिहेको छ । अध्यक्ष महतका अनुसार उक्त महोत्सव बैशाख १९ गते सम्म संचालन हुनेछ । जहाँ दैनिक चर्चित गायक गायिका तथा अन्य कलाकारहरुको बेजोड प्रस्तुति भईहरको छ ।

Published Date: 24 April 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास