क्यान्सर पीडित बालिकालाई आठौं भक्तपुर महोत्सवको एक लाख सहयोग

क्यान्सर पीडित बालिकालाई आठौं भक्तपुर महोत्सवको एक लाख सहयोग : Icon Khabar

भक्तपुर, वैशाख १२ । आठौं भक्तपुर महोत्सवले क्यान्सर पीडित बालिकालाई आर्थिक सहयोग गरेको छ । भक्तपुर गएको चैत २२ गतेदेखि यहिँ बैशाख २ गतेसम्म महोत्सव संचालन गरेको आयोजक औद्योगीक शान्ति नेपाल संस्थाले क्यान्सर पीडित बालिका समिला लावतीलाई नगद रु. एक लाख सहयोग गरेको हो ।

संस्थाका अध्यक्ष सन्दिप महतका अनुसार हाल भारतको नयाँ दिल्लीमा उपचार गराईरहेकी बालिकाको खातामा उक्त रकम पठाईएको छ ।
“हामीले सधै महोत्सवबाट उठेको रकमको केही प्रतिशत सामाजिक कार्यमा सहयोग गर्दै आइरहेको छौं, त्यो अनुसार बिरामी नानीलाई सहयोग गरेका हौं”, महतले भने ।

बालिकालाई सहोग गर्न चाहानेले समिला लावती एभरेष्ट बैंकको खाता नं.०१२१०५०१२०००१२ मा रकम पठाउन सक्नु हुनेछ ।

औद्योगीक शान्ति नेपालले हाल चन्द्रगिरी नगरपालिकाको नैकापमा महोत्सव संचालन गरिहेको छ । अध्यक्ष महतका अनुसार उक्त महोत्सव बैशाख १९ गते सम्म संचालन हुनेछ । जहाँ दैनिक चर्चित गायक गायिका तथा अन्य कलाकारहरुको बेजोड प्रस्तुति भईहरको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 24 April 2024
Website | + posts


ताजा
कमलविनायक सहकारीकाे आयाेजाामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न
नेपाल घुम्न आउने विदेशी पर्यटकले पाँच हजार अमेरिकी डलरसम्म ल्याउन पाउने
भक्तपुरको न:पुखुमा आजबाट घरेलु उत्पादन प्रवर्द्वन मेला सुरु
‘ऊनको स्वीटर’ फिल्म चौथो हप्तामा, २०८२ को पहिलो सुपरहिट
ट्रेन्डिङ
होटल एसोसिएशन अफ भक्तपुरको छैटौं साधारण सभा तथा अधिवेशन सम्पन्न
भक्तपुरमा गुन्जिए गायक दीप श्रेष्ठ, एकल सांगीतिक साँझ २०८२ भव्य रूपले सम्पन्न
होटल एसोसिएशन अफ भक्तपुरको छैटौं अधिवेशन यहि जेठ १० मा हुने
भक्तपुरको जुजु धौमा कुनै पनि अखाद्य वस्तुहरू भेटिएको छैन: खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग