आज बुधबारको राशिफल

आज बुधबारको राशिफल : Icon Khabar

काठमाडौं, वैशाख १२ । आज २०८१ वैशाख १२ गते बुधवार, तद्अनुसर २४ अप्रिल २०२४ । आज उत्तरायणं वसन्त ऋतु, वैशाख कृष्ण प्रतिपदा, स्वाती नक्षत्र, सिद्दा योग, चन्द्र राशि– तुला, विशालनगरमा वैष्णवीदेवी जात्रा, सूर्योदय बिहानः ५ः३० बजे, सूर्यास्त साँझ १८ः३३ बजे ।

आजको राशिफल

मेष: प्रेम–प्रसंगमा अनुकूलता रहने छ । धनार्जन हुनेछ । दाजुहरुको सहयोग पाइने छ ।

वृष: सम्पत्तिको कार्यले लाभ दिने छ । धनार्जन हुनेछ । शुभ कार्यमा सहभागि हुनाले सम्मान प्राप्त हुनेछ ।

मिथुन: रचनात्मक कार्य सफल रहने छ । कुनै उत्सवमा भाग लिने मौका प्राप्त हुनेछ । प्रसन्नता रहने छ ।

कर्कट: क्रोधमा नियन्त्रण राख्नु होला । स्वास्थ्यमा ध्यान दिनु होला । वास्तविकतालाई महत्व दिनु होला ।

सिंह: मेहनतको फल पाइने छ । कार्यसिद्धिबाट प्रसन्नता रहने छ । प्रतिष्ठा बढ्ने छ ।

कन्या: पाहुनाहरुको आगमन हुनेछ । उत्साहवर्धक सूचना पाइने छ । प्रसन्नता रहने छ ।

तुला: यात्रा, जागिर तथा लगानीलबाट लाभ मिल्ने छ । उपहार प्राप्ति हु्नेछ । कुनै ठूलो कार्य बन्नाले प्रसन्नता रहने छ ।

वृश्चिक: बोलीमा नियन्त्रण राख्नु होला । खर्च बढ्ने छ । अपरिचित व्यक्तिमाथि विश्वास नगर्नु होला ।

धनु: नयाँ योजना बन्ने छ । लाभको अवसर बढ्ने छ । नयाँ उपलब्धि हासिल हुनेछ ।

मकर: नयाँ अनुबन्धहरुबाट लाभ मिल्ने छ । धन प्राप्ति सुगम हुनेछ । खानपानमा नियन्त्रण राख्नु होला ।

कुम्भ: अदालतको काम सम्पन्न हुनेछ । तन्त्र–मन्त्रमा रुचि रहने छ । धनार्जन हुनेछ ।

मीन: व्यापारमा नयाँ योजनाहरुबाट लाभको योग छ । प्रतिष्ठित व्यक्तिहरुसंग भेटघाट हुनेछ । स्थायी सम्पत्ति किन्ने योग बन्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 24 April 2024
Website | + posts