उत्कृष्ट फिल्म बन्यो ‘१२ फेल’

उत्कृष्ट फिल्म बन्यो ‘१२ फेल’ : Icon Khabar

काठमाडौं, वैशाख ११ । बलिवुडका निर्देशक विधु विनोद चोपडाको निर्देशनमा बनेको विक्रान्त मेसी र मेधा शंकर अभिनित फिल्म ‘१२ फेल’ ले दर्शकको माया र अवार्ड पाउनेक्रम जारी रहेको छ ।

फिल्मले उत्कृष्ट समीक्षा र अपार प्रशंसा पाएसँगै अब यस फिल्मले अर्को अर्को उपाधि जितेको छ । यो फिल्मले टुलुज फिल्म फेस्टिभलको ९औं संस्करणमा भारतभरका सबै भाषाका अन्य १५ फिल्ममा मनोनयनमा परेपछि उत्कृष्ट फिल्मको अवार्ड जितेको छ ।

फिल्म ‘१२ फेल’ ले टुलुज फिल्म फेस्टिभलमा उत्कृष्ट फिल्मको अवार्ड प्राप्त गरेको छ । फिल्मका निर्माता–निर्देशक विधु विनोद चोपडाको टोलीले यो जानकारी दिएका हुन् । उनले लेखेका छन्, ‘१२ फेललाई टुलुज फिल्म फेस्टिभलमा भारतीय सिनेमा वर्गमा उत्कृष्ट फिल्मको उपाधि दिइएको छ । यो मायाको लागि सबैलाई धन्यवाद ।’ फिल्मले हालै हलमा रिलिजको २५ हप्ता पूरा गरेको छ र अब चीनमा पनि रिलिज हुने तयारीमा छ ।

विधु विनोद चोपडाको यो फिल्म अनुराग पाठकले लेखेको सोही नामको पुस्तकमा आधारित छ, जसमा भारतीय प्रहरी सेवाका अधिकृत मनोज कुमार शर्माको चरम गरिबीबाट उठेर आईपीएस अफिसर बन्ने वास्तविक कथा देखाइएको छ । फिल्मले मनोज शर्माको संघर्ष र उनको जीवनमा उनको आईआरएस अफिसर पत्नी श्रद्धा जोशीको महत्व देखाउँछ । गत वर्षको हिट फिल्ममध्ये एक १२ फेलले बक्स अफिसमा करिब ६० करोड भारु कमाएको थियो । कम बजेटमा बनेको यो फिल्मलाई दर्शकसँगै समीक्षकले पनि निकै रुचाएका छन् । यसले आइएमडीबीमा ९.२ रेटिङ पनि पाएको छ ।

Published Date: 23 April 2024


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक