उत्कृष्ट फिल्म बन्यो ‘१२ फेल’

उत्कृष्ट फिल्म बन्यो ‘१२ फेल’ : Icon Khabar

काठमाडौं, वैशाख ११ । बलिवुडका निर्देशक विधु विनोद चोपडाको निर्देशनमा बनेको विक्रान्त मेसी र मेधा शंकर अभिनित फिल्म ‘१२ फेल’ ले दर्शकको माया र अवार्ड पाउनेक्रम जारी रहेको छ ।

फिल्मले उत्कृष्ट समीक्षा र अपार प्रशंसा पाएसँगै अब यस फिल्मले अर्को अर्को उपाधि जितेको छ । यो फिल्मले टुलुज फिल्म फेस्टिभलको ९औं संस्करणमा भारतभरका सबै भाषाका अन्य १५ फिल्ममा मनोनयनमा परेपछि उत्कृष्ट फिल्मको अवार्ड जितेको छ ।

फिल्म ‘१२ फेल’ ले टुलुज फिल्म फेस्टिभलमा उत्कृष्ट फिल्मको अवार्ड प्राप्त गरेको छ । फिल्मका निर्माता–निर्देशक विधु विनोद चोपडाको टोलीले यो जानकारी दिएका हुन् । उनले लेखेका छन्, ‘१२ फेललाई टुलुज फिल्म फेस्टिभलमा भारतीय सिनेमा वर्गमा उत्कृष्ट फिल्मको उपाधि दिइएको छ । यो मायाको लागि सबैलाई धन्यवाद ।’ फिल्मले हालै हलमा रिलिजको २५ हप्ता पूरा गरेको छ र अब चीनमा पनि रिलिज हुने तयारीमा छ ।

विधु विनोद चोपडाको यो फिल्म अनुराग पाठकले लेखेको सोही नामको पुस्तकमा आधारित छ, जसमा भारतीय प्रहरी सेवाका अधिकृत मनोज कुमार शर्माको चरम गरिबीबाट उठेर आईपीएस अफिसर बन्ने वास्तविक कथा देखाइएको छ । फिल्मले मनोज शर्माको संघर्ष र उनको जीवनमा उनको आईआरएस अफिसर पत्नी श्रद्धा जोशीको महत्व देखाउँछ । गत वर्षको हिट फिल्ममध्ये एक १२ फेलले बक्स अफिसमा करिब ६० करोड भारु कमाएको थियो । कम बजेटमा बनेको यो फिल्मलाई दर्शकसँगै समीक्षकले पनि निकै रुचाएका छन् । यसले आइएमडीबीमा ९.२ रेटिङ पनि पाएको छ ।

Published Date: 23 April 2024
ताजा
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक
बीपी कोइरालाको ४३औं स्मृति दिवस आज: वैचारिक अवसान र आन्तरिक विवादको घेरामा कांग्रेस
आज बुधबारको राशिफल
बझाङ केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प, बैतडीसम्म धक्का महसुस


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय