अनावश्यक बिदा, भिआइपी सवारी, आममाफी जस्ता अभ्यास सच्याउनुपर्छ – गृहमन्त्री लामिछाने

अनावश्यक बिदा, भिआइपी सवारी, आममाफी जस्ता अभ्यास सच्याउनुपर्छ – गृहमन्त्री लामिछाने : Icon Khabar

काठमाडौं, वैशाख ११ । गृहमन्त्री रवि लामिछानेले तीन दशकदेखि चलिआएका अभ्यास सच्याउनु पर्ने तर समय लाग्ने बताएका छन् । आठ वर्ष पहिले सरकारले दिएको बिदालाई व्यङ्ग्य गर्दै ‘बाउको मुख हेर्ने दिन’ को संज्ञा दिएको स्टाटस सोमबारदेखि सामाजिक सञ्जालमा भाइरल भएपछि उनले आफ्नो अभिव्यक्ति सार्वजनिक गरेका हुन् ।

गृहमन्त्री लामिछानेले विगतका कैयौं निर्णय र परम्परालाई नीतिगत निर्णय गरि सच्याउनु पर्ने उल्लेख गर्दै अनावश्यक विदा, “भिआइपी सवारी” का नामको नागरिकले पाउने सास्ती, करोडौं खर्च गरेर दिइने पदक सम्मान, आम माफीका नाममा पहुँचवाला अपराधीलाई मात्र दिइने छुटजस्ता व्यवस्था सच्याउन काम गरिरहेको बताएका छन् । उनले सुरक्षाकर्मीहरुलाई कामदार बनाउने परम्परा, केहि भुतपुर्वहरुलाई दिइदै आएको अभुतपुर्व सुबिधा लगायतका तमाम विषयमा पदबहाल गरेको दिन देखि नै प्रयास गरिरहेको र त्यसको रिजल्ट पनि आउदै बताएका हुन् ।

आफूले केही वर्षअघि दिएको अभिव्यक्ति खोतलिएको भन्दै सामाजिक सञ्जालमा असन्तुष्टि पोख्दै उनले आफ्ना हिजोका अभिव्यक्ति नखोतल्न आग्रह समेत गरेका छन् । फेसबुकमा एक पोस्ट गर्दै उनले विधि नै नफेरी कुनै व्यक्ति, देश वा घटना हेरेर फरक फरक निर्णय गरिनु कुटनैतिक, राजनैतिक र वैधानिक हिसाबले सहि नहुने बताए । उनले लेखेका छन्, “जे कुरा हिजो गलत भनिएको थियो त्यो आजपनि गलत नै हो, हिजोका अभिव्यक्तिहरुको गोताखोरी गर्नै पर्दैन । तर तीन दशकका अभ्यासहरुलाई सच्याउन समय त लाग्छ। धेरै काम हुदैछन्, थोरै धैर्य गरिदिनु भए पुग्छ ।”

कतारका अमिर शेख तमिम बिन हमाद अल थानीलाई नेपालमा स्वागत गर्दै लामिछानेले विश्व अर्थराजनीतिमा नयाँ मानक स्थापित गर्दै रहेको, लाखौँ नेपाली युवालाई रोजगारीको अवसर दिइरहेको कतार नेपालसँग ऐतिहासिक कुटनैतिक सम्बन्ध स्थापित भएको मित्र राष्ट्र भएको पनि उल्लेख गरेका छन् ।

लोकतन्त्र दिवसको पनि शुभकामना दिँदै उनले आफ्नो देशको नेतालाई नागरिकले आफ्ना कुरा मज्जाले भन्न पाउनु पर्ने बताउँदै चासोका साथ प्रश्न र खबरदारी गरिदिने हुने सबै प्रती आभार व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 23 April 2024
Website | + posts


ताजा
अमेरिकाको ड्रेक प्यासेजमा ७.५ म्याग्निच्युडको भूकम्प
शुक्रबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढ्यो
काठमाडौंको गौरीघाट जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गर्यो, सचेत रहन आग्रह
साइकल कनेक्ट भक्तपुर र जुजु बाइक्सबीच विशेष सहकार्य सम्झौता सम्पन्न


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू