आईपीएल : जैसवालको शतकमा राजस्थानले मुम्बईलाई हरायो

आईपीएल : जैसवालको शतकमा राजस्थानले मुम्बईलाई हरायो : Icon Khabar

काठमाडौं, वैशाख ११ । यशस्वी जैसवालको शानदार शतकसहित राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार मुम्बई इन्डियन्सविरुद्ध ९ विकेटले हराएको छ ।

१ सय ८० रनको लक्ष्यसहित उत्रेको राजस्थानले १८.४ ओभरमा १ विकेटको क्षेतिमा १ सय ८३ रन जोड्दै जित हासिल गरेको हो । दमदार सुरुवात गरेको राजस्थानका लागि यशस्वी र जोस बटलरले पहिलो विकेटका लागि ७४ रनको साझेदारी गरेका थिए ।

बटलर ३५ रन बनाएर आउट भएपछि यशस्वी र सन्जु सामसनले टोलीलाई जित दिलाएका थिए । ६० बल खेलेका यशस्वी ९ चौका र ७ छक्कासहित १ सय ४ रन नटआउट रहे । २८ बल खेलेका सन्जुले २ छक्का र २ चौकासहित नटआउट ३८ रन बनाए । मुम्बईका लागि एक मात्र विकेट पियुष चावलाले लिएका थिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको मुम्बईले तिलक वर्माको अर्धशतसँगै निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो । २० रन जोड्दा ३ महत्वपूर्ण विकेट गुमाएको मुम्बईका लागि मध्यक्रमले सम्हालेको थियो । ओपनर रोहित शर्मा ६ रन र इशान किसन खाता नखोल्दै आउट भए ।

तेस्रो नम्बरमा सूर्यकुमारले ८ बलमा १० रन जोडर आउट हुँदा मुम्बई दबाबमा परेको थियो । त्यसपछि तिलक, मोहम्मद नवि, नेहाल वाडेरले इनिङ्स सम्हालेका थिए । तिलकले ४५ बलमा ५ चौका र ३ छक्का साथ सर्वाधिक ६५ रन जोडे । नेहाल एक रनले अर्धशतक बनाउनबाट चुके । उनले २४ बलमा ३ चौका र ४ चौका प्रहार गर्दै ४९ रन बनाए । नविले २३, हार्दिक पान्ड्याले १० रन जोडे ।

राजस्थानका सन्दीप शर्माले ४ ओभरमा १८ रन खर्चेर ५ विकेट लिए । ट्रेन्ट बोल्टले २, अभेश खान र युजभेन्द्र चाहलले समान १ विकेट लिएका थिए ।

८ खेलमा ७ जित र १ हारका साथ शीर्षस्थानमा रहेको राजस्थानको १४ अंक छ । समान १० अंकसहित कोलकाता नाइट राइडर्स दोस्रो र सनराइजर्स हैदरावाद तेस्रो स्थानमा छ । सातौं स्थानको मुम्बईको ६ अंक छ ।–एजेन्सी

Published Date: 23 April 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास