आईपीएल : जैसवालको शतकमा राजस्थानले मुम्बईलाई हरायो

आईपीएल : जैसवालको शतकमा राजस्थानले मुम्बईलाई हरायो : Icon Khabar

काठमाडौं, वैशाख ११ । यशस्वी जैसवालको शानदार शतकसहित राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार मुम्बई इन्डियन्सविरुद्ध ९ विकेटले हराएको छ ।

१ सय ८० रनको लक्ष्यसहित उत्रेको राजस्थानले १८.४ ओभरमा १ विकेटको क्षेतिमा १ सय ८३ रन जोड्दै जित हासिल गरेको हो । दमदार सुरुवात गरेको राजस्थानका लागि यशस्वी र जोस बटलरले पहिलो विकेटका लागि ७४ रनको साझेदारी गरेका थिए ।

बटलर ३५ रन बनाएर आउट भएपछि यशस्वी र सन्जु सामसनले टोलीलाई जित दिलाएका थिए । ६० बल खेलेका यशस्वी ९ चौका र ७ छक्कासहित १ सय ४ रन नटआउट रहे । २८ बल खेलेका सन्जुले २ छक्का र २ चौकासहित नटआउट ३८ रन बनाए । मुम्बईका लागि एक मात्र विकेट पियुष चावलाले लिएका थिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको मुम्बईले तिलक वर्माको अर्धशतसँगै निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो । २० रन जोड्दा ३ महत्वपूर्ण विकेट गुमाएको मुम्बईका लागि मध्यक्रमले सम्हालेको थियो । ओपनर रोहित शर्मा ६ रन र इशान किसन खाता नखोल्दै आउट भए ।

तेस्रो नम्बरमा सूर्यकुमारले ८ बलमा १० रन जोडर आउट हुँदा मुम्बई दबाबमा परेको थियो । त्यसपछि तिलक, मोहम्मद नवि, नेहाल वाडेरले इनिङ्स सम्हालेका थिए । तिलकले ४५ बलमा ५ चौका र ३ छक्का साथ सर्वाधिक ६५ रन जोडे । नेहाल एक रनले अर्धशतक बनाउनबाट चुके । उनले २४ बलमा ३ चौका र ४ चौका प्रहार गर्दै ४९ रन बनाए । नविले २३, हार्दिक पान्ड्याले १० रन जोडे ।

राजस्थानका सन्दीप शर्माले ४ ओभरमा १८ रन खर्चेर ५ विकेट लिए । ट्रेन्ट बोल्टले २, अभेश खान र युजभेन्द्र चाहलले समान १ विकेट लिएका थिए ।

८ खेलमा ७ जित र १ हारका साथ शीर्षस्थानमा रहेको राजस्थानको १४ अंक छ । समान १० अंकसहित कोलकाता नाइट राइडर्स दोस्रो र सनराइजर्स हैदरावाद तेस्रो स्थानमा छ । सातौं स्थानको मुम्बईको ६ अंक छ ।–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 23 April 2024
Website | + posts




ताजा
जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागारबाट अझै ५७०० कैदीबन्दी फरार
जेनजी आन्दोलनमा घाइते ३० जना अझै देशका विभिन्न अस्पतालहरूमा उपचाररत
मंगलबार नेप्से परिसूचक ५८.५५ अंकले घट्यो
बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले तरलता खिच्ने क्रम जारी


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने