प्रकृतिसँग खेल्दै गरेको कार्तिके भन्ज्याङमा अवस्थित मनमोहक झ्याल घर (फोटो फिचर)

प्रकृतिसँग खेल्दै गरेको कार्तिके भन्ज्याङमा अवस्थित मनमोहक झ्याल घर (फोटो फिचर) : Icon Khabar

काठमाडौं, वैशाख ८ । काठमाडौंको शंखरापूर नगरपालिका ३ को ढोक्सानस्थित श्री शिलादेवी आधारभूत विद्यालयमा आजकल घुम्न पुग्नेहरूको भिड लाग्ने गरेको छ। डाँडाको माथि रहेको विद्यालयबाट रमणीय हिम श्रृङ्खला देख्ने सकिन्छ। तर, पर्यटकहरू हिम श्रृङ्खला हेर्नै मात्र भने त्यहाँ पुगेका होइनन्।

उनीहरूलाई त्यहाँसम्म आकर्षित गरेको हो विद्यालयको भवनले। सन् २०१८ मा सुपरटेक्चरसँगको सहर्कायमा प्याटरिजियाले विद्यालयलाई विस्तार गर्न सहयोग गरेको थियो।

सन् २०१२ देखि संचालनमा आएको उक्त विद्यालयमा १ देखि ५ सम्म पढाइ हुन्थ्यो। ४ वटा भवन बनेपछि भने कक्षा ८ सम्म नै संचालन गर्ने वातावरण बन्यो। २०७२ सालपछिको भूकम्पपछि विद्यालयमा बनेको चारवटा नमूना भवन हेर्न नै दैनिक मानिसहरू त्यहाँ पुग्ने गरेका छन्। भवनलाई आकर्षक बनाएको छ त्यसमा राखिएका झ्यालहरूले।

विद्यालयले परिसरमा बनेको चार वटा घरलाई चारवटा नाम दिइएको छ। अर्थ हाउस, रक हाउस, विन्डो हाउस र ब्रिक हाउस।

विद्यालय परिसरभित्र प्रवेश गर्ने बित्तिकै झ्यालैझ्यालले बनाइएको ‘विन्डो हाउस’ देख्न सकिन्छ। त्यहाँ पुग्नेहरुले भने उक्त घरलाई ‘ग्लास हाउस’ पनि भन्ने गर्छन्। विद्यालयले यसलाई लाइब्रेरीको रुपमा प्रयोग गर्ने गरेको छ। घुम्न पुग्ने पर्यटकहरू भने ‘ग्लास हाउस’ भित्र तस्विर लिन गइरहेको देख्न सकिन्छ।

‘विन्डो हाउस’पछि ढुंगाले बनाइएको अर्को रक हाउस रहेको छ। त्यहाँ भने सिसालाई गोलकार आकारमा राखेर झ्याल बनाइएको छ। त्यस्तै, बाँस र इट्टाले अर्को भवन बनाइएको छ। अहिले यिनै भवनहरूमा पुगेर तस्विर खिच्न पुग्नेको विद्यालयमा घुँइचो लागेको छ।

हाल विद्यालय परिसर पुग्ने मानिसहरूको संख्या बढ्दै गएको छ। विद्यालय प्रशासनले यसरी आउनेलाई कुनै रोकतोक गरेको छैन।

Published Date: 20 April 2024


ताजा
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास
अब सबै अनलाइन बिजनेस सरकारी निकायमा सूचीकरण हुनुपर्ने
भक्तपुरका संवेदनशील क्षेत्रमा जथाभावी ड्रोन उडान : अनुमति कसले दिन्छ, नियमन कहाँ छ?
शनिबार अरुण थापाको स्मृतिमा भक्तपुरमा सांगीतिक श्रद्धाञ्जली, सयौँको सहभागितामा भव्य रूपमा सम्पन्न


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली