बैशाख १ गतेदेखि ठमेल र दरबारमार्ग २४सै घण्टा खुल्ने

बैशाख १ गतेदेखि ठमेल र दरबारमार्ग २४सै घण्टा खुल्ने : Icon Khabar

काठमाडौं, चैत २९ । संघीय राजधानी काठमाडौंको प्रमुख पर्यटकीय क्षेत्र ठमेल नयाँ वर्ष अर्थात यही वैशाख १ गते शनिबारदेखि २४सै घण्टा खुला रहने भएको छ ।

नयाँ वर्ष २०८१ को पहिलो दिनदेखि ठमेल तथा दरबारमार्ग क्षेत्रमा २४सै घण्टा व्यवसाय सञ्चालनको घोषणा गर्ने तयारी भएको छ ।

गृहमन्त्री रवि लामिछानेले मन्त्रालयको जिम्मेवारी सम्हाल्नेबित्तिकै शहरको प्रमुख पर्यटकीय गन्तव्य क्षेत्रमा २४सै घण्टा व्यवसाय सञ्चालन गर्ने वातावरण मिलाउन सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका थिए ।

ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले ठमेल र दरबारमार्ग क्षेत्रमा २४सै घण्टा व्यवसाय खुलाउन आवश्यक सम्पूर्ण तयारी भएको बताए ।

‘सरकारले बातावरण बनाइ दिने भएपछि हामीले पनि सबै तयारी गरिसकेका छौँ । नयाँ वर्षदेखि त्यो घोषणा हुन्छ, रातभर व्यवसाय सञ्चालन हुन्छ,’ उनले भने ।

त्यस क्षेत्रको सुरक्षा प्रवन्ध र व्यवस्थापनको काम भने काठमाडौं जिल्ला प्रशासन कार्यालयले गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले ठमेल र दरबारमार्ग क्षेत्रमा वैशाख १ गतेदेखि रात्रीकालीन व्यवसाय सञ्चालन गर्ने तयारी भएको बताए ।

अब ठमेल र दरबारमार्गमा क्लब, डान्स, दोहोरी, डिस्कोलगायत मनोरञ्जन व्यवसाय, किराना पसल, पर्यटनसँग सरोकार भएका सबै बजार रातभर खुल्नेछन् । रात्रीकालीन बजार व्यवस्थापनका लागि प्रशासनले सुरक्षा मापदण्ड बनाएर लागू गर्दैछ । मापदण्ड नपुगेका व्यवसाय भने त्यसपछि बन्द हुनेछन् ।काठमाडौं– संघीय राजधानी काठमाडौंको प्रमुख पर्यटकीय क्षेत्र ठमेल नयाँ वर्ष अर्थात यही वैशाख १ गते शनिवारदेखि २४सै घण्टा खुला रहने भएको छ ।

Published Date: 11 April 2024


ताजा
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
दशैंको अवसरमा ब्रह्मायणी मन्दिरमा ‘मिस्टर एन्ड मिस मोडर्न २०८३’ का प्रतियोगीहरूको सरसफाइ अभियान
आज शुक्रबारको राशिफल


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड