पक्राउ परेका राजेशपायल राईसहितका कलाकार छुटे

पक्राउ परेका राजेशपायल राईसहितका कलाकार छुटे : Icon Khabar

काठमाडौं, चैत २२ । मादक पदार्थ सेवन गरी होहल्ला गरेको आरोपमा पक्राउ परेका गायक राजेशपायल राईसहित तीनजना कलाकार छुटेका छन् ।

प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी शिवराज बुढाथोकीले राईसहित ८ जनालाई छाडिएको बताए । राजेशपायल राईसहित तीन जनालाई मदन भण्डारी कलेज अगाडिबाट प्रहरीले पक्राउ गरेको थियो ।

बानेश्वर वृत्तले पक्राउ गरेका राईसहित ३ र अन्य ठाउँबाट पक्राउ परेका ५ जना गरी ८ जनालाई नै छाडिएको डीएसपी बुढाथोकीले बताए । पक्राउ परेका आठै जनालाई सम्झाइबुझाइ गरी आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

Published Date: 04 April 2024


ताजा
सुनसरीको संवेदनशील अवस्था समाधान गर्न सरकार सक्रिय, नागरिकलाई संयमित रहन प्रधानमन्त्रीको आग्रह
शिल्पा सेट्ठी काठमाडौंमा, सोल्टीमा हुँदैछ एसीई ग्लोबल कन्भेन्सन
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
१० आरोही सम्पर्कविहीन, ब्रोड पिक फेरि चर्चामा: किन जोखिमपूर्ण छ यो हिमाल?


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु