सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई विश्वास मत नदिन नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठको ‘ह्वीप’

सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई विश्वास मत नदिन नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठको ‘ह्वीप’ : Icon Khabar

काठमाडौँ, चैत २१ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिन ह्वीप जारी गरेकी छन् । अध्यक्ष श्रेष्ठले प्रदेश संसदीय दलको विधान केन्द्रीय कमिटीबाट पास नभएकाले पार्टी अध्यक्षले नै ह्वीप जारी गरेको बताएकी छिन् ।

‘नागरिक उन्मुक्ति पार्टी, सुदुरपश्चिम प्रदेश संसदीय दलको विधान केन्द्रीय कमिटीबाट पास नभएको हुँदा दैनिक सभा सञ्चालनलगायतका कार्यक्रमका लागि माननीय श्री घनश्याम चौधरीले संसदीय दलको नेताको रूपमा कामकाज गरे पनि प्रदेश सभाको महत्वपूर्ण निर्णयमा ह्वीप लगाउने अधिकार पार्टी केन्द्रीय अध्यक्षलाई नै भएकाले कमलबहादुर शाहले लिन गइरहेको विश्वाशको मतको विपक्षमा मतदान गर्नु हुन निर्देशनसहितको ह्वीप जारी गरिएको व्यहोरा अनुरोध गर्दछु,’ पत्रमा भनिएको छ ।

मुख्यमन्त्री शाहले बिहीबार विश्वासको मत लिँदैछन् । सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकारमा नाउपाका ७ जना सांसद छन् तीमध्ये ५ जना मन्त्री छन् ।

Published Date: 03 April 2024




ताजा
भक्तपुरमा ‘हेरिटेज मार्केट–कल्चरल किचेन’ मेला सुरु
सिथि नखःको अवसरमा लोकेश्वर साकोसद्वारा कालदह सरसफाइ
स्काउट दिवस २०८३ को अवसरमा मनोरम स्काउट ट्रुपद्वारा सचेतनामूलक र्‍याली सम्पन्न
प्रकृतिसँग रमाउँदै सिकाइमा सहभागी बने बालबालिका : क्युरिकोट मड फेस्टिभल २०८३ सम्पन्न


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न