कांग्रेसको चेतावनी : अर्को वैठकमा गृहमन्त्रीबारे छानविन समिति नबने सदन चल्न सक्दैन

कांग्रेसको चेतावनी : अर्को वैठकमा गृहमन्त्रीबारे छानविन समिति नबने सदन चल्न सक्दैन : Icon Khabar

काठमाडौँ, चैत २१ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रमुख प्रतिपक्षको सहमति र कार्यव्यवस्था परामर्श समितिमा बन्ने सहमतिबेगर आकस्मिक रूपमा कुनै प्रस्ताव रोष्ट्रमबाट पेस गर्न खोजे कठोर बन्न बाध्य हुने बताएका छन् । आज (बुधबार) प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो चेतावनी दिएका हुन् ।

‘यो बैठकमा निर्धारित कार्यतालिका बमोजिम चलिरहँदा हामीले सुन्यौं, त्यहाँ भन्दा फरक प्रस्ताव पनि यहाँ पेस हुने तयारी थियो, त्यसमा हाम्रो विमति थियो’ उनले भने, ‘तर, त्यसलाई सभामुखले सही ट्रयाकमा ल्याउनु भएको भन्ने सुनेका छौं । प्रमुख प्रतिपक्षको सहमतिबेगर र कार्यव्यवस्था परामर्श समितिमा बन्ने सहमति बेगर कुनै प्रस्ताव आकस्मिक रूपमा रोष्ट्रमबाट गर्न खोजियो भने त्यसलाई कठोर विमति रहनेछ ।’

सरकारले विधेयक लिएर आए सदन चल्छ, सरकार बलजफ्ती गरेर आए सदन चल्न नलिने शर्माले चेतावनी दिए । सहकारीको रकम अपचलनबारे आरोपित रहेको भनी कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि प्रश्न उठाउँदै आएको छ । संसदमा उठेका प्रश्नहरुको जवाफ संसदमै दिन चाहेको उपप्रधानमन्त्री लामिछाने बताउँदै आएका छन् । तर, कांग्रेसले लामिछानेलाई प्रतिनिधि सभाको रोष्ट्रममा सुन्न चाहेको छैन् । सहकारीको रकम हिनामिनामा लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति गठन गरिनुपर्ने कांग्रेसको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 April 2024
Website | + posts