कमलसिंहको ह्याट्रिक, आयरल्याण्ड ‘ए’ १५७ रनमा अलआउट

कमलसिंहको ह्याट्रिक, आयरल्याण्ड ‘ए’ १५७ रनमा अलआउट : Icon Khabar

काठमाडौँ, चैत २१ । तीव्र गतिका बलर कमल सिंह ऐरीले ह्याट्रिक लिएपछि आयरल्यान्ड वल्भ्सले एकदिवसीय सिरिजको नेपाल ‘ए’ समक्ष १ सय ५८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

बुधबार त्रिवि मैदान कीर्तिपुरमा आयरल्याण्डलाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि फास्ट बलर कमलसिंह ऐरीले ह्याट्रिक लिए । उनले खेलको ३९औं ओभरको पहिलो तीन बलमा लगातार विकेट लिँदै ह्याट्रिक पूरा मात्र गरेनन्, आयरल्याण्डलाई १५७ रनमा अलआउट पनि गराए ।

ऐरीले खेलमा चार विकेट लिएका थिए । यस्तै, सादब आलम र मौसम ढकालले दुई–दुई विकेट लिए । रिजन ढकालको नाममा एक विकेट रह्यो । आयरल्याण्डका लागि कोड कार्मिचेलले ५१ रन बनाए । नेपालले अब केही समयपछि जवाफी ब्याटिङ गर्नेछ ।

Published Date: 03 April 2024




ताजा
भक्तपुरमा ‘हेरिटेज मार्केट–कल्चरल किचेन’ मेला सुरु
सिथि नखःको अवसरमा लोकेश्वर साकोसद्वारा कालदह सरसफाइ
स्काउट दिवस २०८३ को अवसरमा मनोरम स्काउट ट्रुपद्वारा सचेतनामूलक र्‍याली सम्पन्न
प्रकृतिसँग रमाउँदै सिकाइमा सहभागी बने बालबालिका : क्युरिकोट मड फेस्टिभल २०८३ सम्पन्न


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न