कमलसिंहको ह्याट्रिक, आयरल्याण्ड ‘ए’ १५७ रनमा अलआउट

कमलसिंहको ह्याट्रिक, आयरल्याण्ड ‘ए’ १५७ रनमा अलआउट : Icon Khabar

काठमाडौँ, चैत २१ । तीव्र गतिका बलर कमल सिंह ऐरीले ह्याट्रिक लिएपछि आयरल्यान्ड वल्भ्सले एकदिवसीय सिरिजको नेपाल ‘ए’ समक्ष १ सय ५८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

बुधबार त्रिवि मैदान कीर्तिपुरमा आयरल्याण्डलाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि फास्ट बलर कमलसिंह ऐरीले ह्याट्रिक लिए । उनले खेलको ३९औं ओभरको पहिलो तीन बलमा लगातार विकेट लिँदै ह्याट्रिक पूरा मात्र गरेनन्, आयरल्याण्डलाई १५७ रनमा अलआउट पनि गराए ।

ऐरीले खेलमा चार विकेट लिएका थिए । यस्तै, सादब आलम र मौसम ढकालले दुई–दुई विकेट लिए । रिजन ढकालको नाममा एक विकेट रह्यो । आयरल्याण्डका लागि कोड कार्मिचेलले ५१ रन बनाए । नेपालले अब केही समयपछि जवाफी ब्याटिङ गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 April 2024
Website | + posts




ताजा
जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागारबाट अझै ५७०० कैदीबन्दी फरार
जेनजी आन्दोलनमा घाइते ३० जना अझै देशका विभिन्न अस्पतालहरूमा उपचाररत
मंगलबार नेप्से परिसूचक ५८.५५ अंकले घट्यो
बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले तरलता खिच्ने क्रम जारी


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने