२३ वर्षपछि अनिल कपूरको फिल्म ‘नायक’ को सिक्वेल बन्दै

२३ वर्षपछि अनिल कपूरको फिल्म ‘नायक’ को सिक्वेल बन्दै : Icon Khabar

काठमाडौँ, चैत २१ । २००१ को बलिउडको सुपरहिट फिल्म नायकको सिक्वेल बन्ने भएको छ । राजनीतिक विषयवस्तुमा बनेको यस फिल्ममा अनिल कपूर मुख्य भूमिकामा थिए । हालै निर्देशक एस शंकरले नायक–२ को स्क्रिप्टको विषयमा अनिल कपूरको घरमै पुगेर छलफल गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । मिडिया रिपोर्टका अनुसार यी दुईबीच लामो समयसम्म कुराकानी चलिरहेको छ ।

एस शंकरद्वारा निर्देशित फिल्म नायक सन् २००१ मा रिलिज भएको थियो । यो १९९९ को तमिल फिल्म मधुलवनको रिमेक थियो, जसलाई एस शंकरले निर्देशन गरेका थिए । फिल्ममा अनिल कपूरसँग रानी मुखर्जी, अमरिश पुरी, परेश रावल, जोनी लिभर देखिएका थिए ।

अनिल कपूर पछिल्लो पटक फिल्म फाइटरमा देखिएका थिए । सिद्धार्थ आनन्दले निर्देशन गरेको यस फिल्ममा ऋतिक रोशन, दीपिका पादुकोण, करण सिंह ग्रोवर र अक्षय ओबेरोय देखिएका थिए । फिल्मले बक्स अफिसमा राम्रो कलेक्सन गरेको थियो । हालै यो ओटीटीमा पनि रिलिज भएको छ । यसै क्रममा एस शंकर फिल्म गेम चेन्जर रिलिजको तयारीमा छन् । यस फिल्ममा रामचरण र रेन्ट आडवाणी मुख्य भूमिकामा देखिने छन् ।

Published Date: 03 April 2024




ताजा
भक्तपुरमा ‘हेरिटेज मार्केट–कल्चरल किचेन’ मेला सुरु
सिथि नखःको अवसरमा लोकेश्वर साकोसद्वारा कालदह सरसफाइ
स्काउट दिवस २०८३ को अवसरमा मनोरम स्काउट ट्रुपद्वारा सचेतनामूलक र्‍याली सम्पन्न
प्रकृतिसँग रमाउँदै सिकाइमा सहभागी बने बालबालिका : क्युरिकोट मड फेस्टिभल २०८३ सम्पन्न


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न