२३ वर्षपछि अनिल कपूरको फिल्म ‘नायक’ को सिक्वेल बन्दै

२३ वर्षपछि अनिल कपूरको फिल्म ‘नायक’ को सिक्वेल बन्दै : Icon Khabar

काठमाडौँ, चैत २१ । २००१ को बलिउडको सुपरहिट फिल्म नायकको सिक्वेल बन्ने भएको छ । राजनीतिक विषयवस्तुमा बनेको यस फिल्ममा अनिल कपूर मुख्य भूमिकामा थिए । हालै निर्देशक एस शंकरले नायक–२ को स्क्रिप्टको विषयमा अनिल कपूरको घरमै पुगेर छलफल गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । मिडिया रिपोर्टका अनुसार यी दुईबीच लामो समयसम्म कुराकानी चलिरहेको छ ।

एस शंकरद्वारा निर्देशित फिल्म नायक सन् २००१ मा रिलिज भएको थियो । यो १९९९ को तमिल फिल्म मधुलवनको रिमेक थियो, जसलाई एस शंकरले निर्देशन गरेका थिए । फिल्ममा अनिल कपूरसँग रानी मुखर्जी, अमरिश पुरी, परेश रावल, जोनी लिभर देखिएका थिए ।

अनिल कपूर पछिल्लो पटक फिल्म फाइटरमा देखिएका थिए । सिद्धार्थ आनन्दले निर्देशन गरेको यस फिल्ममा ऋतिक रोशन, दीपिका पादुकोण, करण सिंह ग्रोवर र अक्षय ओबेरोय देखिएका थिए । फिल्मले बक्स अफिसमा राम्रो कलेक्सन गरेको थियो । हालै यो ओटीटीमा पनि रिलिज भएको छ । यसै क्रममा एस शंकर फिल्म गेम चेन्जर रिलिजको तयारीमा छन् । यस फिल्ममा रामचरण र रेन्ट आडवाणी मुख्य भूमिकामा देखिने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 April 2024
Website | + posts
ताजा
जनप्रेमी वर्ल्ड स्कुलमा ‘फ्रेसर्स सोसल तथा जे डब्लुएस आइकन–२०८२’ भव्य रूपमा सम्पन्न
बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर उतारचढाव
त्रिविको दिक्षान्त समारोहमा जापानी प्राद्यापक ताकाआकी काजिता प्रमुख अतिथि हुने
आज विश्व ध्यान दिवस मनाइँदै, टुँडिखेलमा विशेष कार्यक्रम


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न