सेयरबजारमा गिरावट कायमै, कारोबार पनि घट्यो

सेयरबजारमा गिरावट कायमै, कारोबार पनि घट्यो : Icon Khabar

काठमाडौँ, चैत १९ । साताको दोस्रो दिन सोमबार पनि सेयरबजारमा गिरावट आएको छ । आइतबार दोहोरो अङ्कले घटेको बजार थप ओरालो लागेको हो । सोमबार नेप्से परिसूचक ६.२६ अंक घटेर २०१२.०७ विन्दुमा बन्द भएको छ। त्यसैगरी,  सेन्सेटिभ इण्डेक्स ०.९१ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.३४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३० अंक घटेको छ।

अघिल्लो कारोबारको दिन कुल ३ अर्ब २० करोड ५३ लाख ३२ हजार ३ सय २४ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम घटेर २ अर्ब ८७ करोड ४७ लाख ५४ हजार ३ सय ५ रुपैयाँ पुगेको छ । आज बजार घट्दा कारोबार रकममा पनि गिरावट भएको हो ।

नेप्से घटेपनि आज दुई स्टकको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आज गुराँस लघुवित्त वित्तीय संस्था र माइ खोला हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, आज महुलि लघुवित्तको शेयरमूल्य करिब साढे ९ प्रतिशत बढेको छ। आज रिभर फल्स पावर कम्पनीको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यसैगरी,  हिमालयन हाइड्रोपावर र अप्पर लोहोरे खोला हाइड्रोपावरको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा आज सर्वोत्तम सिमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको  ४७ करोड २९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, शिवम सिमेन्ट्सको ११ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये आज २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ।  होटल तथा पर्यटन उपसमूहको परिसूचक १.१६ प्रतिशत र व्यापार उपसमूहको ०.२० प्रतिशत बढेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 01 April 2024
Website | + posts