भुवन केसीलाई ‘धमाका’ आवश्यक

भुवन केसीलाई ‘धमाका’ आवश्यक : Icon Khabar

काठमाडौँ, चैत १९ । चलचित्र विकास बोर्डको दुई बर्षे कार्यकाल सकिन केही महिना मात्र बाँकी रहँदा नायक भुवन केसी गतिशील देखिएका छन् । चलचित्र विकास बोर्डमा करिब डेढ बर्ष बिताइसकेका भुवनलाई अपेक्षित काम गर्न नसकेको आरोप लाग्दै आएको छ । यसैले, अबको केही महिना फिल्म क्षेत्रका लागि केही बोल्ड निर्णय गरेर बिदा हुने भुवनको योजना छ ।

उनले, चलचित्र संघको साधारण सभामा पुगेर सिंगल हलहरुका लागि १० लाख रुपैयाँको राहत योजना ल्याउन लागेको जानकारी गराए । यदि, भुवनले भने जस्तै विकास बोर्डले यो राहतको प्याकेज घोषणा गर्न सक्यो भने सिंगल हलहरुलाई केही राहत हुने निश्चित छ ।

चलचित्र विकास बोर्डले अब फिल्म स्टुडियो निर्माणको कामलाई पनि अगाडि बढाउने बताएको छ । २ हेक्टर जंगल पाएकाले अब विकास बोर्डले फिल्म स्टुडियोको कामलाई तीव्रता दिने तयारी गरेको छ ।

नेपाली फिल्म क्षेत्रमा अन्य केही कामहरू गर्न बाँकी छ । भुवन केसीले दूरगामी प्रभाव पार्ने कामको सुरुवात मात्र गर्न सके भने पनि उनका लागि फाइदा नै हुनेछ ।

नेपाली फिल्म क्षेत्रलाई बुझेका व्यक्तिहरू विकास बोर्डमा नगएको भन्दै बारम्बार आलोचना हुने गरेको थियो । यसपटक, नेपाली फिल्म क्षेत्रलाई नजिकबाट बुझेका नायक भुवन केसी विकास बोर्डको अध्यक्ष पदमा पुगेका छन् । यसैले, उनको कार्यकाल सबैका लागि चासोमा थियो ।

नेपाल सरकारले चलचित्र ऐन पास गर्न सकेको खण्डमा फिल्म क्षेत्रलाई निकै फाइदा हुने थियो । चलचित्र विकास बोर्डका अध्यक्ष केसी आफूले ऐन पास गर्नका लागि दौडधूप गरिरहेको बताउँछन् ।

यदि, उनको कार्यकालमा नै यो ऐनले मूर्त रुप लियो भने फिल्म क्षेत्रले उनलाई सधैं नै सम्झने थियो । अब, हेरौं बाँकी रहेको केही महिनाको कार्यकालमा भुवन केसीले के–कस्ता काम गर्ने हुन् ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 01 April 2024
Website | + posts




ताजा
जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागारबाट अझै ५७०० कैदीबन्दी फरार
जेनजी आन्दोलनमा घाइते ३० जना अझै देशका विभिन्न अस्पतालहरूमा उपचाररत
मंगलबार नेप्से परिसूचक ५८.५५ अंकले घट्यो
बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले तरलता खिच्ने क्रम जारी


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने