बागमतीका मुख्यमन्त्रीले आज विश्वासको मत लिने

बागमतीका मुख्यमन्त्रीले आज विश्वासको मत लिने : Icon Khabar

मकवानपुर, चैत १९ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज (सोमबार) विश्वासको मत लिने भएका छन् । गत २३ फागुनमा प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका ६ मन्त्रीले राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए । माओवादी नेतृत्वको सरकार अल्पमतमा परेपछि उनले आज सदनबाट विश्वासको मत लिन लागेका हुन् ।

प्रदेशसभाका सचिवालायका अनुसार आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले मुख्यमन्त्री जम्कट्टेलले सोमबार बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने कार्यसूची तय गरेको छ । बैठकले मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मतसम्बन्धी प्रस्तावलाई छलफल गरी निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची बनाएको बताइएको छ ।

प्रदेशसभा बैठकमा मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि दलका सांसदहरूले धारणा राख्ने छन् । केन्द्रीय सत्ता समीकरण अनुसार बागमतीमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी गरी तीन दल मात्रै छन् । बागमतीमा मात्रै प्रतिनिधित्व गरेको हाम्रो नेपाली पार्टी (हानेपा) को साथले आफ्नो नेतृत्वको सरकार जोगाउने जुक्ति लगाएर मुख्यमन्त्री जम्बरकट्टेलले बिहीबार हानेपा संसदीय दलका नेता बज्राचार्यलाई संस्कृति पर्यटन तथा सहकारी मन्त्रीमा नियुक्त गरेका थिए ।

यति भएपछि सरकार जोगिने विश्वास उनमा छ । बागमतीमा एमालेका २७, माओवादीका २१, एकीकृत समाजवादीको ७ र हानेपाको २ गरी ५७ सांसद छन् । बागमतीमा सरकार गठन गर्न ५६ सांसदको समर्थन आवश्यक हुन्छ । सात राजनीतिक दल रहेको बागमतीमा सबैभन्दा ठूलो कांग्रेसको ३७, राप्रपाको १३ (सभामुखसहित) र नेमकिपाको ३ सिट छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 01 April 2024
Website | + posts