सेयरबजारमा दोहोरो अङ्कको गिरावट, कारोबारमा भने वृद्धि

सेयरबजारमा दोहोरो अङ्कको गिरावट, कारोबारमा भने वृद्धि : Icon Khabar

काठमाडौं, चैत १८ । साताको पहिलो दिन आइतबार सेयरबजारमा दोहोरो अङ्कको गिरावट आएको छ ।

आइतबार नेप्से परिसूचक १७.३० अंक घटेर २०१८.३३ विन्दुमा झरेको छ। त्यसैगरी,  सेन्सेटिभ इण्डेक्स २.५१ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.९१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८६ अंक घटेको छ।

नेप्से घटेपनि आज कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन साढे २ अर्बको शेयर खरिदबिक्री भएको बजारमा आज ३१६ स्टकको ६७ हजार ४४ पटकको कारोबारमा ३ अर्ब २० करोड ५३ लाख रुपैयाँ बराबरको ७९ लाख ५७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज सर्वाधिक कमाउने कम्पनीहरुमा माया खोला हाइड्रो, उन्नति सहकार्य लघुवित्त र मन्दाकिनी हाइड्रो कम्पनी रहे । ती कम्पनीको सेयर मूल्य ७ प्रतिशत भन्दा बढी वृद्धि भयो । मङ्गलबार सर्वाधिक गुमाउनेमा सर्वोत्तम सिमेन्ट र बिएनएल रहे । ती कम्पनीको सेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घट्यो ।
आज नन लाइफ इन्स्योरेन्स समूहको उपसूचक मात्रै ०.१२ प्रतिशतले बढ्यो । यसैगरी आज उत्पादन तथा प्रशोधन समूहको उपसूचक सर्वाधिक ३.६५ प्रतिशतले घट्दा ट्रेडिङ समूहको उपसूचक १.७४ प्रतिशतले घट्यो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 31 March 2024
Website | + posts




ताजा
सरकारले तोकेको मूल्यमा किसानको धान खरिद गर्ने
आगामी फागुन २१ हुने निर्वाचनका लागि कार्तिक २१ गतेभित्र दल दर्ता गरिसक्नुपर्ने
नवनियुक्त दुई मन्त्रीद्वारा आइतबार पद तथा गोपनियताको सपथ
आइतबार नेप्से परिसूचक ५.१९ अंकले बढ्यो


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने