२६५ यात्रु बोकेर कतार उडेको नेवानिको जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौं फर्काइयो

२६५ यात्रु बोकेर कतार उडेको नेवानिको जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौं फर्काइयो : Icon Khabar

काठमाडाैं, चैत १६ । कतारको दोहा उडेको नेपाल वायुसेवा निगमको नाइनएन–एएलवाई कलसाइन जहाजमा प्राविधिक समस्या देखिएपछि पुनः काठमाडौँ नै फिर्ता गरेर अवतरण गराइएको छ । २६५ जना यात्रु बोकेको जहाजको ‘हाइड्रोलिक सिस्टम’ मा समस्या देखिएपछि काठमाडौं फर्काइएको नेपाल एयरलाइन्सले जनाएको छ ।

निगमका प्रवक्ता देवेन्द्र पुनले कतार उडेको वाइडबडी ए–३३० को हाइड्रोलिक्समा समस्या भएर शुक्रवार बिहान ३ बजे काठमाडौं फिर्ता गरिएको जानकारी दिएका छन् । ‘दोहा उड्दै गरेको जहाजको हाइड्रोलिक्समा समस्या देखिएपछि केही मिनेटमै काठमाडौं फिर्ता गरेर नर्मल अवतरण गराइएको हो’, उनले भने, ’जहाज अहिले ठीक भइसकेको छ । नियमित उडान अन्तर्गत दिल्ली उड्ने तयारीमा छ ।’

Published Date: 29 March 2024


ताजा
संगीत रोयल्टी विवादमा रेडियोलाई सर्वोच्चको राहत, एफएम सञ्चालक र रेडियोकर्मीमाथि धरपकडमा रोक
अभिनेता प्रदीप रावतको निधनले नेपाली फिल्म उद्योग पनि शोकमा
बुधबार नेप्से परिसूचक ४.७९ अंकले बढ्यो
नेपालजस्तो देशमा हप्ताको दुई दिन बिदा कति व्यवहारिक ?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु