आज बिहीबारको राशिफल

आज बिहीबारको राशिफल : Icon Khabar

काठमाडौं, चैत १५ । आज २०८० चैत १५ गते बिहीवार, तद्अनुसार २८ मार्च २०२४ । आज चैत कृष्ण पक्षको तृतिया, स्वाति नक्षत्र, हर्षण योग, चन्द्रराशिः तुला, सूर्योदय बिहानः ०५ः५९ बजे, सूर्यास्त साँझ १८ः१९ बजे ।

आजको राशिफल

मेष: पूजा–पाठमा मन लाग्ने छ । अध्यात्ममा रुचि बढ्ने छ । लगानी शुभ रहने छ ।

वृष: अदालतमा लाभको स्थिति बन्ने छ । लामो समयदेखि रोकिएको काम बन्ने छ । प्रसन्नता रहने छ ।

मिथुन: भूमि अथवा भवन सम्बन्धि कार्यले ठूलो लाभ दिनसक्छ । उन्नतिका मार्ग प्रशस्त हुनेछन् । लगानी शुभ रहने छ ।

कर्कट: रचनात्मक कार्य सफल रहने छ । लगानी गर्न नहतारिनु होला । पारिवारिक जीवन सुख–शान्तिपूर्वक बित्ने छ ।

सिंह: बिना कारण दौडधूप हुनेछ । स्वास्थ्यमा ध्यान दिनु होला । अरुको काममा हस्तक्षेप नगर्नु होला ।

कन्या: सामाजिक कार्य गर्न मन लाग्ने छ । मेहनतको फल पाइने छ । मान–सम्मान पाइने छ ।

तुला: पराक्रम तथा प्रतिष्ठामा वृद्धि हुनेछ । उत्साहवर्धक सूचना प्राप्त हुनेछ । व्यवसाय लाभप्रद रहने छ ।

वृश्चिक: जीवनसाथीबाट सहयोग प्राप्त हुनेछ । उपहार प्राप्ति हुनेछ । यात्रा लाभदायक रहने छ ।

धनु: बहुमूल्य वस्तुहरु सम्हालेर राख्नु होला । यात्रामा कुनै पनि कुरा नबिर्सनु होला । लाभमा कमी हुनसक्छ ।

मकर: डूबेको रकम प्राप्त हुनसक्छ । यात्रा लाभदायक रहने छ । व्यापारमा वृद्धिको योग छ ।

कुम्भ: सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ । कुनै ठूलो समस्याका हल एकाएक प्राप्त हुनेछ । सुखका साधननमा खर्च हुनेछ ।

मीन: कानूनी सहयोग पाइने छ । लाभमा वृद्धि हुनेछ । शेयर मार्केटबाट लाभ हुनेछ ।

Published Date: 28 March 2024








ताजा
लगातार तेस्रो दिन नेप्सेमा गिरावट, परिसूचक २८०० मुनि झर्‍यो
काठमाडौँको वायु प्रदूषण ‘अति अस्वस्थकर’ तहमा पुग्यो
आज तःदिनका अवसरमा भक्तपुरवासी दुगु पूजा मनाउन व्यस्त
सरकारी विज्ञापन सम्बन्धी निर्णयविरुद्ध भक्तपुरका पत्रकारको आपत्ति, प्रधानमन्त्रीलाई ज्ञापनपत्र








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा