उत्तर कोरियाले भन्यो, ‘किम जोङसँग शिखर वार्ता गर्न जापानी प्रधानमन्त्री इच्छुक’

उत्तर कोरियाले भन्यो, ‘किम जोङसँग शिखर वार्ता गर्न जापानी प्रधानमन्त्री इच्छुक’ : Icon Khabar

प्योङयाङ, चैत १३ । जापानी प्रधानमन्त्रीले उत्तर कोरियाली नेता किम जोङसँग भेटबार्ता गर्ने इच्छा ब्यक्त गरेका छन् । उत्तरी कोरियाली नेता किम जोङकीबहिनीले सोमबार जापानी प्रधानमन्त्री फुमियो किशिदाले आफ्नो दाजुसँग शिखर वार्ताको लागि अनुरोध गरेको जानकारी दिएका हुन् ।

तर, टोकियोले पूर्ववत नीति परिवर्तन नगरेसम्म शिखर बैठक सम्भव नभएको उत्तर कोरियाली नेताको बहिनीले जनाएकी छिन् । लामो समयदेखि दुई देशबीचमा चलिरहेको अपहरण विवाद तथा उत्तर कोरियाको प्रतिबन्धित हतियार कार्यक्रमका कारणा दुई देशहरूबीचको सम्बन्ध तनावपूर्ण छ । तर, किशिदाले हालै सम्बन्ध सुधार गर्ने इच्छा व्यक्त गरे पछि प्योङयाङले भने यसको विरोध गरेको भने छैन ।

गत वर्ष किशिदाले कुनै सर्त बिना किमलाई भेट्न इच्छुक रहेको बताएका थिए । टोकियोले १९७० र १९८० को दशकमा जापानी नागरिकको उत्तर कोरियाली एजेन्टहरूले गरेको अपहरणसहित सबै समस्याहरू समाधान गर्न इच्छुक रहेको बताएको थियो, जुन जापानमा भावनात्मक मुद्दा बन्न गएको छ ।

किम यो जोङले आधिकारिक कोरियाली सेन्ट्रल न्यूज एजेन्सीद्वारा जारी विज्ञप्तिमा भने, ‘किशिदाले प्रजातान्त्रिक जन गणतन्त्र कोरियाको राज्य मामिलाका राष्ट्रपतिलाई जतिसक्दो चाँडो भेट्ने आफ्नो मनसाय व्यक्त गरेका छन् ।’ किम यो जोङले गत महिना जापानी नेतालाई उत्तर कोरिया भ्रमण गर्न सम्भावित निमन्त्रणा गर्ने संकेत गरेका थिए । बहिनीले भनिन्, ‘उत्तर कोरिया–जापान सम्बन्धको इतिहासले टोकियोको तर्फबाट ठोस नीति परिवर्तन नगरी अविश्वास र गलतफहमीले भरिएको द्विपक्षीय सम्बन्ध सुधार गर्न असम्भव छ भन्ने पाठ दिन्छ ।’

उनले यो पनि चेतावनी दिइन्, ‘यदि जापान अपहरण मुद्दामा अल्मलिएको छ, जसको कुनै समाधान छैन तब किशिदाको सम्बन्ध सुधार्ने आशा पूरा हुने छैन ।’ उत्तर कोरियाले २००२ मा स्वीकार गर्‍यो कि उसले १०७९ र ८० को दशकमा १३ जापानी मानिसहरूलाई अपहरण गर्न एजेन्टहरू पठाएको थियो, जसलाई जापानी भाषा र चलनमा जासुसलाई तालिम दिन प्रयोग गरिएको थियो ।

जापानमा अपहरणहरू एक शक्तिशाली र भावनात्मक मुद्दा बनेका छन् र आधिकारिक रूपमा मान्यता प्राप्त भन्दा धेरै अपहरणहरू भएको आशंका कायम छ । विश्लेषकहरूले लामो समयदेखि यस विषयमा विवादले किशिदा र किम जोङ उनबीचको शिखर वार्ताको प्रगतिमा बाधा पुर्‍याउने बताउँदै आइएको छ ।

Published Date: 26 March 2024


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी