भारतले प्याज निर्यातमा लगायो अनिश्चितकालीन प्रतिबन्ध

भारतले प्याज निर्यातमा लगायो अनिश्चितकालीन प्रतिबन्ध : Icon Khabar

काठमाडाैँ, चैत १३ । भारत सरकारले प्याज निर्यातमा लगाएको प्रतिबन्ध अनिश्चितकालका लागि लम्ब्याएको छ। यस अघि भारतले मार्च ३१ सम्म प्याजको निर्यातमा प्रतिबन्ध लगाएकोमा अब यसलाई अनिश्चित कालका लागि लम्बाएको इकोनोमिक टाइम्सले उल्लेख गरेको छ।

भारतीय व्यापारीहरु यसअघि प्याजको निर्यातमा प्रतिबन्ध लगाएपछि स्थानीय मूल्य आधाभन्दा बढी घटेको र यस सिजनको बालीबाट नयाँ आपूर्ति आउन थालेकाले प्रतिबन्ध खुल्ने अनुमान गरेका भएपनि सरकारले गत शुक्रबार आदेश जारी गर्दै अर्को सूचना नआएसम्मका लागि प्रतिबन्ध यथावत रहने जनाएको छ।

भारतमा हुने लोकसभा निर्वाचन अघि सरकारले स्थानीय बजारमा कुनै समस्या आउन नदिन प्रतिबन्ध यथावत राखेको विश्लेषण गरिएको छ। भारतका केही थोक बजारमा प्याजको मूल्य डिसेम्बरमा प्रतिकिलो ४५ भारु सम्म झरेको थियो।

बंगलादेश, मलेसिया, नेपाल र युएई जस्ता देशहरू प्याजमा भारतमाथि निर्भर रहेका छन्। भारतको प्रतिबन्धपछि यी देशहरुमा प्याजको उच्च मूल्यसँग संघर्ष गरिरहेका छन्। चीन वा इजिप्ट जस्ता प्रतिद्वन्द्वीहरू भन्दा धेरै बजारहरूमा छोटो ढुवानी समय भएको भारतले एशियाली देशहरूले आयात गर्ने प्याजको आधाभन्दा बढी हिस्सा ओगटेको बताइन्छ।

कालिमाटी तरकारी बजारमा भने अहिले भारतीय प्याजको मुल्य ७० रुपैयाँ प्रतिकिलो रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 26 March 2024
Website | + posts
ताजा
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
Argus Education Bhaktapur को ३ दिने एक्सपोमा सहभागी हुँदा IELTS र PTE कक्षाहरु निशुल्क
रोपाइँ सकिएसँगै भक्तपुरमा हरियालीको मनमोहक दृश्य


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू