‘बोक्सीको घर’को ‘बोक्सी लुक्स’ रिलिज

‘बोक्सीको घर’को ‘बोक्सी लुक्स’ रिलिज : Icon Khabar

काठमाडाैँ, चैत १३ ।  वैशाखको १४ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘बोक्सीको घर’को ‘बोक्सी लुक्स’ सार्वजनिक गरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा फिल्मकी निर्मात्री तथा नायिका केकी अधिकारी र पूर्व मिस नेपाल माल्भिका सुब्बाले लुक्स सार्वजनिक गरेका थिए ।

यो लुक्समा केकी अधिकारी फरक गेटअपमा प्रस्तुत गरिएको छ । टिजर र गीतमा नदेखाइएको ‘बोक्सी लुक्स’लाई पोस्टर मार्फत सार्वजनिक गरिएको हो । लेखक तथा निर्देशक सुलक्षण भारतीले जल्ल्दोबल्दो सामाजिक विषयवस्तुमा फिल्म बनाइएको बताए । यो फिल्मलाई बद्री अधिकारीले निर्माण गरेका हुन् । यो फिल्मले समाजमा प्रचलित कुप्रथालाई चित्रण गर्ने निर्देशक भारतीको भनाई छ ।

फिल्मका कार्यकारी निर्माता राज घिमिरे हुन् । फिल्ममा सुपला सापकोटा, स्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला लगायतका कलाकारको अभिनय छ ।

शिवराम श्रेष्ठको छायांकन र लोकेश बज्राचार्यको सम्पादन रहेको फिल्मलाई टिफल्क फिल्मस्ले वितरण गर्दैछ ।

Published Date: 26 March 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास