नेपाल र आयरल्याण्ड वोल्भ्सबीचको दोस्रो टी–२० आज

नेपाल र आयरल्याण्ड वोल्भ्सबीचको दोस्रो टी–२० आज : Icon Khabar

काठमाडाैँ, चैत १३ । नेपाली सिनियर पुरुष राष्ट्रिय क्रिकेट टोलीले आज आयरल्यान्ड वल्भ्सविरुद्ध टि२० सिरिजको दोस्रो खेल खेल्दैछ ।

टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल दिउँसो १ बजे सुरु हुनेछ । सोमबार भएको पहिलो खेलमा नेपालले ६ विकेटको जित निकालेको थियो । आयरल्यान्डलाई मात्र १ सय २१ रनमा अलआउट गरेको नेपालले १७ औं ओभरमा लक्ष्य पूरा गरेको थियो ।

सोमबारको खेलमा नेपालका लागि आकाश चन्द, प्रतिश जिसी, अनिल शाह र विवेक यादव बेन्चमा रहेका थिए । आज प्रशिक्षक देशाईले टोलीमा परिवर्तन गर्ने सम्भावना छ । नेपाल सिरिज जित्ने लक्ष्यमा हुनेछ ।

आइसीसी टि२० विश्वकपको तयारीमा रहेको नेपालले यसपछि भारत भ्रमण र त्यहाँबाट एसीसी प्रिमियर कपको लागि ओमान जाने कार्यक्रम रहेको छ । विश्वकपअघि सम्भवत सिनियर टोलीले नेपालमा खेल्ने यो नै अन्तिम खेल हुनेछ ।

नेपाली टोली:

रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दिप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी, अभिनाश बोहरा, आकाश चन्द

आयरल्यान्डको टोली :

निल रक (कप्तान), रस अडेर, केड कारमाइकल, ग्यारेथ डेल्नी, स्टेफन डोहेनी, म्याथ्यु फोस्टर, फिओन ह्यान्ड, ग्याभिन होए, म्याथ्यु हम्फ्रिज, टम मेयस, लियाम मकार्थी, जेम्स मक्कोलम, पिजे मुर, मोर्गन टपिङ, बेन व्हाइट

Published Date: 26 March 2024


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक