नेपाल र आयरल्याण्ड वोल्भ्सबीचको दोस्रो टी–२० आज

नेपाल र आयरल्याण्ड वोल्भ्सबीचको दोस्रो टी–२० आज : Icon Khabar

काठमाडाैँ, चैत १३ । नेपाली सिनियर पुरुष राष्ट्रिय क्रिकेट टोलीले आज आयरल्यान्ड वल्भ्सविरुद्ध टि२० सिरिजको दोस्रो खेल खेल्दैछ ।

टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल दिउँसो १ बजे सुरु हुनेछ । सोमबार भएको पहिलो खेलमा नेपालले ६ विकेटको जित निकालेको थियो । आयरल्यान्डलाई मात्र १ सय २१ रनमा अलआउट गरेको नेपालले १७ औं ओभरमा लक्ष्य पूरा गरेको थियो ।

सोमबारको खेलमा नेपालका लागि आकाश चन्द, प्रतिश जिसी, अनिल शाह र विवेक यादव बेन्चमा रहेका थिए । आज प्रशिक्षक देशाईले टोलीमा परिवर्तन गर्ने सम्भावना छ । नेपाल सिरिज जित्ने लक्ष्यमा हुनेछ ।

आइसीसी टि२० विश्वकपको तयारीमा रहेको नेपालले यसपछि भारत भ्रमण र त्यहाँबाट एसीसी प्रिमियर कपको लागि ओमान जाने कार्यक्रम रहेको छ । विश्वकपअघि सम्भवत सिनियर टोलीले नेपालमा खेल्ने यो नै अन्तिम खेल हुनेछ ।

नेपाली टोली:

रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दिप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी, अभिनाश बोहरा, आकाश चन्द

आयरल्यान्डको टोली :

निल रक (कप्तान), रस अडेर, केड कारमाइकल, ग्यारेथ डेल्नी, स्टेफन डोहेनी, म्याथ्यु फोस्टर, फिओन ह्यान्ड, ग्याभिन होए, म्याथ्यु हम्फ्रिज, टम मेयस, लियाम मकार्थी, जेम्स मक्कोलम, पिजे मुर, मोर्गन टपिङ, बेन व्हाइट

Published Date: 26 March 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास