पोखराको बेगनास तालमा ‘ड्रागन बोट रेस’ प्रतियोगिता सम्पन्न

पोखराको बेगनास तालमा ‘ड्रागन बोट रेस’ प्रतियोगिता सम्पन्न : Icon Khabar

पोखरा, चैत १३ । चिनियाँ सांस्कृतिक पर्वमा खेलिने ‘ड्रागन बोट रेस’ प्रतियोगिता पोखराको बेगनास तालमा सम्पन्न भएको छ।

प्रतियोगितामा पुरूष तर्फको ५ सय मिटर डुंगा दौडमा ‘वाटर स्पोर्ट्स नेपाल’ पहिलो भएको छ। प्रतियोगितामा ‘नारा पोखरा’ दोस्रो र नेपाली सेनाको टिम तेस्रो भएको छ।

महिलातर्फ ५ सय मिटर डुंगा दौडमा बेगनास ताल डुंगा व्यवसायी समिति पहिलो भएको छ भने बेगनास ताल मत्स्य व्यवसायी संघ दोस्रो र जलरी दिदीबहिनी समूह फेवा तेस्रो भएका छन्।

त्यसैगरी दुई सय मिटर ड्रागन डुंगा दौड प्रतियोगितामा पुरूष तर्फ नारा पोखरा प्रथम, वाटर स्पोर्ट्स नेपाल दोस्रो र फेवा मत्स्य व्यवसायी संघ तेस्रो भयो।

दुई सय मिटर ड्रागन डुंगा दौड प्रतियोगिताको महिला तर्फ बेगनास ताल डुंगा व्यवसायी समिति प्रथम, बेगनास ताल मत्स्य व्यवसायी संघ दोस्रो र जालरी दिदीबहिनी समूह फेवा तेस्रो भए।

प्रतियोगितामा ३ महिला र ११ पुरूष गरी १४ समूहको सहभागिता थियो। २ सय र ५ सय मिटर गरी दुई वटा इभेन्टमा प्रतियोगिता सञ्चालन भएको थियो।

पाँच सय मिटरका विजेताले नगद दुई-दुई लाख पुरस्कार हात पारे। यस्तै २ सय मिटर तर्फको विजेताले एक-एक लाख पुरस्कार प्राप्त गरेका छन्।

पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड, नेपाल ड्रागन संघ गण्डकी र लेखनाथ होटल तथा रेस्टुरेन्ट एसोसिएसनको संयुक्त आयोजनामा प्रतियोगिता भएको थियो।

पोखरामा पहिलो पटक गत असार ८ गते काठमाडौंस्थित नेपालका लागि चिनियाँ राजदूतावासको आयोजनामा फेवातालमा ड्रागन बोट रेस भएको थियो। उक्त प्रतियोगिता दूतावासले चिनियाँ खेलाडीसमेत पोखरा ल्याएको थियो।

चीनमा प्रचलित लुनार क्यालेण्डरको पाँचौं महिनाको ५ गते चीनमा ड्रागन बोट फेष्टिभल आयोजना हुन्छ। चीनका विभिन्न प्रान्तमा ३ देखि ७ दिनसम्म यस चाँड मनाउने परम्परा छ।

Published Date: 26 March 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास