पोखराको बेगनास तालमा ‘ड्रागन बोट रेस’ प्रतियोगिता सम्पन्न

पोखराको बेगनास तालमा ‘ड्रागन बोट रेस’ प्रतियोगिता सम्पन्न : Icon Khabar

पोखरा, चैत १३ । चिनियाँ सांस्कृतिक पर्वमा खेलिने ‘ड्रागन बोट रेस’ प्रतियोगिता पोखराको बेगनास तालमा सम्पन्न भएको छ।

प्रतियोगितामा पुरूष तर्फको ५ सय मिटर डुंगा दौडमा ‘वाटर स्पोर्ट्स नेपाल’ पहिलो भएको छ। प्रतियोगितामा ‘नारा पोखरा’ दोस्रो र नेपाली सेनाको टिम तेस्रो भएको छ।

महिलातर्फ ५ सय मिटर डुंगा दौडमा बेगनास ताल डुंगा व्यवसायी समिति पहिलो भएको छ भने बेगनास ताल मत्स्य व्यवसायी संघ दोस्रो र जलरी दिदीबहिनी समूह फेवा तेस्रो भएका छन्।

त्यसैगरी दुई सय मिटर ड्रागन डुंगा दौड प्रतियोगितामा पुरूष तर्फ नारा पोखरा प्रथम, वाटर स्पोर्ट्स नेपाल दोस्रो र फेवा मत्स्य व्यवसायी संघ तेस्रो भयो।

दुई सय मिटर ड्रागन डुंगा दौड प्रतियोगिताको महिला तर्फ बेगनास ताल डुंगा व्यवसायी समिति प्रथम, बेगनास ताल मत्स्य व्यवसायी संघ दोस्रो र जालरी दिदीबहिनी समूह फेवा तेस्रो भए।

प्रतियोगितामा ३ महिला र ११ पुरूष गरी १४ समूहको सहभागिता थियो। २ सय र ५ सय मिटर गरी दुई वटा इभेन्टमा प्रतियोगिता सञ्चालन भएको थियो।

पाँच सय मिटरका विजेताले नगद दुई-दुई लाख पुरस्कार हात पारे। यस्तै २ सय मिटर तर्फको विजेताले एक-एक लाख पुरस्कार प्राप्त गरेका छन्।

पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड, नेपाल ड्रागन संघ गण्डकी र लेखनाथ होटल तथा रेस्टुरेन्ट एसोसिएसनको संयुक्त आयोजनामा प्रतियोगिता भएको थियो।

पोखरामा पहिलो पटक गत असार ८ गते काठमाडौंस्थित नेपालका लागि चिनियाँ राजदूतावासको आयोजनामा फेवातालमा ड्रागन बोट रेस भएको थियो। उक्त प्रतियोगिता दूतावासले चिनियाँ खेलाडीसमेत पोखरा ल्याएको थियो।

चीनमा प्रचलित लुनार क्यालेण्डरको पाँचौं महिनाको ५ गते चीनमा ड्रागन बोट फेष्टिभल आयोजना हुन्छ। चीनका विभिन्न प्रान्तमा ३ देखि ७ दिनसम्म यस चाँड मनाउने परम्परा छ।

Published Date: 26 March 2024


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक