दीपक र सुष्मालाई एनएनआईपीए सर्वोत्कृष्ट खेलाडी अवार्ड

दीपक र सुष्मालाई एनएनआईपीए सर्वोत्कृष्ट खेलाडी अवार्ड : Icon Khabar

काठमाडौँ, चैत १२ । बक्सिङकी सुष्मा तामाङ र एथलेटिक्सका दीपक अधिकारी १८ औं एनएनआइपिए स्पोर्टस अवार्ड २०७९ को सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्।

गत वर्ष सुष्मालेे एसियन युथ बक्सिङमा रजत पदक जितेकी थिइन्। दीपकले एसियन क्रसकन्ट्रीमा एकल र टिममा स्वर्ण पदक जितेका थिए।

शंखमुल पुल नजिकको यल दरबारमा सोमबार भएको अवार्डमा स्विमिङकी डुवाना लामा र राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल प्रतिभावान खेलाडीबाट सम्मानित भएका छन्।

एनएनआइपीएलले गतवर्ष गण्डकी प्रदेशमा आयोजना भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश ३६ खेलका समान एक खेलाडी उत्कृष्ट खेलाडी घोषित भए। सम्बन्धित संघको सिफारिसमा उत्कृष्ट घोषित उनीहरुले जनही १० हजार प्राप्त गरे ।

उत्कृष्टहरुमध्ये बाट सर्वोत्कृष्ट र प्रतिभावान खेलाडी घोषित भएका हुन्। सर्वोत्कृष्टले जनही १ लाख र प्रतिभावानले जनही ५० हजार रुपैयाँ प्राप्त गरे।

टेबल टेनिसका पूर्व अन्तर्राष्ट्रिय खेलाडी एवंम नेपालका‌ लागि सर्वाधिक अन्तर्राष्ट्रिय पदक विजेता धर्ममान बज्राचार्य गजराज आर्दश खेल व्यक्तित्वबाट सम्मानित भए ।

अढाई दशक भन्दा लामो समय देखि खेल पत्रकारितामा संलग्न खेलाडी डटकमका प्रधान सम्पादक अजय फुयाल एनएनआइपिए खेलकुद पत्रकारबाट सम्मानित भए । बज्राचार्य र फुयालले समान ३५ हजार रुपैयाँ प्राप्त गरे।

भारोत्तोलनका दुर्गामान तामाङ पारा खेलाडी चुनिए । राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङ, एनएनआइपिए अध्यक्ष दीपक श्रेष्ठलगायत सम्मानित गरेका थिए।

Published Date: 25 March 2024


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक