आज मंगलबारको राशिफल

आज मंगलबारको राशिफल : Icon Khabar

काठमाडौं, चैत १३ । आज २०८० चैत १३ गते मंगलबार, तद्अनुसार २६ मार्च २०२४ । आज चैत कृष्ण प्रतिपदा, हस्ता नक्षत्र, ध्रुव योग, चन्द्रराशिः कन्या, तेल लगाउने र आँपको मुजुरा खाने दिन, गणगौर पूजा प्रारम्भ, सूर्योदय बिहानः ६ बजे, सूर्यास्त साँझः १८ः१८ बजे ।

आजको राशिफल

मेष: वैवाहिक प्रस्ताव आउन सक्छ । परिवारमा सुख–शांति कायम रहने छ । धन प्राप्तको अवरोध हट्ने छ ।

वृष: शत्रु भय रहने छ । जीवनसाथीको स्वास्थ्यको चिन्ता रहने छ । आर्थिक उन्नति हुनेछ ।

मिथुन: कुनै उत्सवमा भाग लिने अवसर प्राप्त हुनेछ । यात्रा मनोरञ्जक रहने छ । विद्यार्थी वर्गले सफलता हासिल गर्नेछन् ।

कर्कट: लेन–देनमा हतार नगर्नु होला । पुरानो रोग बल्झिन सक्ने छ । जोखिमपूर्ण कार्य नगर्नु होला ।

सिंह: पराक्रम तथा प्रतिष्ठामा वृद्धि हुनेछ । आम्दानीमा वृद्धि हुनेछ । लगानी लाभदायक रहने छ ।

कन्या: आम्दानीमा वृद्धि हुनेछ । व्यवसाय लाभप्रद रहने छ । टाढाबाट शुभ समाचार प्राप्त हुनेछ ।

तुला: प्रेम–प्रसंगमा आशातीत सफलता प्राप्त हुनेछ । व्यावसायिक यात्रा सफल रहने छ । अप्रत्याशित लाभ हुनसक्छ ।

वृश्चिक: विवादलाई नबढाउनु होला । लेन–देनमा हतार गर्दा हानि हुनेछ । अप्रत्याशित खर्च बढ्ने छ ।

धनु: व्यावसायिक यात्रा सफल रहने छ । नेत्र पीडा हुनसक्छ । लाभको अवसर हात पर्नेछ ।

मकर: राज्यबाट प्रसन्नता रहने छ । कुनै ठूलो काम बन्न सक्छ । नयाँ योजना बन्ने छ ।

कुम्भ: धन प्राप्ति सुगम हुनेछ । सुखका साधन जुट्ने छन् । व्यवसाय लाभदायक रहने छ ।

मीन: पुराना रोग बल्झिन सक्ने छ । बनिसकेको कार्य बिग्रन सक्छ । बढी प्रयास गर्नु पर्नेछ ।

Published Date: 26 March 2024


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक