रोकिएन शेयर बजारमा गिरावट

रोकिएन शेयर बजारमा गिरावट : Icon Khabar

काठमाडौँ, चैत १२ । सोमबार नेप्से परिसूचक १७.०१ अंक घटेर २०३१.५५ विन्दुमा झरेको छ। त्यसैगरी, सेन्सेटिभ इण्डेक्स ४.६४ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.४१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.७५ अंक घटेको छ।

सोमबार नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ४ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा आज ३०४ स्टकको ४४ हजार २३६ पटकको कारोबारमा २ अर्ब ४८ करोड ९१ लाख रुपैयाँ बराबरको ७० लाख ६१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

सोमबार नेप्से घटेपनि दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आज बोटलर्स नेपाल (बालाजु) र सर्वोत्तम सिमेन्टको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। गत साताको मंगलबारदेखि कारोबारमा आएको सर्वोत्तम सिमेन्टको शेयर, निरन्तर चौथो कारोबार दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

सोमबार कारोबार रकमका आधारमा गोर्खाज फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको २८ करोड ९० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

सोमबार १३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक २.१९ प्रतिशत बढेको छ। कारोबारमा आएको लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक २.२५ प्रतिशत घटेको छ। त्यस्तै, बैंकिङ्ग, विकास बैंक र जलविद्युत उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 25 March 2024
Website | + posts