स्रोत व्यवस्थापन र ब्राण्डिङबारे ख्वपमा प्रशिक्षण

स्रोत व्यवस्थापन र ब्राण्डिङबारे ख्वपमा प्रशिक्षण : Icon Khabar

भक्तपुर, चैत १२ । भक्तपुर नगरपालिकाद्धारा संचालित ख्वप कलेजमा विश्वविद्यालय अनुदान आयोगको सहकार्यमा Entrepreneurship Support Program अन्तगर्त विभिन्न सेसनहरु संचालन भैरहेको छ ।

चैत्र १२ गते त्रिविका उपप्राध्यापक मुक्ति बहादुर खत्रीले स्रोतको व्यवस्थापन, बस्तुका तथा सेवाको माग, यसको मुल्य , ब्राण्डिङ, बस्तुहरुको आयात निर्यातको बारेमा प्रशिक्षण दिएका थिए ।

खत्रीले बजारशास्त्रको परिचय, महत्व, यसको विशेषताबारे चर्चा गरेका थिए । उद्यमी बन्ने होडमा रहेका प्रशिक्षार्थीलाई देशको अर्थतन्त्र र राजनीति कसरी सम्बन्धि हुन्छ भन्ने बारे चर्चा गरे। बजारलाई बुझेमात्र कुनै पनि बस्तु तथा सेवाको उत्पादन, वितरण र विक्री गर्न सकिन्छ अर्थात समाज सुहाउदो व्यापार व्यवसाय खोल्न सकिन्छ भनेर उनले जोड दिए।

वास्तवमै देश विकासको मेरुडण्ढ भनेको अर्थतन्त्र नै हो । आर्थिक गतिविधि बढेमा मात्र देशले समृद्धीको पाटो समाउन पुग्दछ । खत्रीले उद्यमीशिलको महत्वबारेमा विशेष प्रशिक्षण दिएका थिए । सफल उद्यमीको परिचय, पहिचान, विशेषता, आधारबारेमा प्रशिक्षण गरे। वस्तु तथा सेवाको उत्पादन गरेमा मात्र हुदैन यसका लागी स्रोत व्यवस्थापन, बजार, ब्राण्डिङ, आयात निर्यातबारेमा पनि विशेष जानकारी हासिल गर्नुपर्दछ । यस्ता ज्ञानले मात्र सफल उद्यमी बन्ने सपना साकार पार्ने कुरामा प्रशिक्षक खत्रीले जोड दिए।

Published Date: 25 March 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास