स्रोत व्यवस्थापन र ब्राण्डिङबारे ख्वपमा प्रशिक्षण

स्रोत व्यवस्थापन र ब्राण्डिङबारे ख्वपमा प्रशिक्षण : Icon Khabar

भक्तपुर, चैत १२ । भक्तपुर नगरपालिकाद्धारा संचालित ख्वप कलेजमा विश्वविद्यालय अनुदान आयोगको सहकार्यमा Entrepreneurship Support Program अन्तगर्त विभिन्न सेसनहरु संचालन भैरहेको छ ।

चैत्र १२ गते त्रिविका उपप्राध्यापक मुक्ति बहादुर खत्रीले स्रोतको व्यवस्थापन, बस्तुका तथा सेवाको माग, यसको मुल्य , ब्राण्डिङ, बस्तुहरुको आयात निर्यातको बारेमा प्रशिक्षण दिएका थिए ।

खत्रीले बजारशास्त्रको परिचय, महत्व, यसको विशेषताबारे चर्चा गरेका थिए । उद्यमी बन्ने होडमा रहेका प्रशिक्षार्थीलाई देशको अर्थतन्त्र र राजनीति कसरी सम्बन्धि हुन्छ भन्ने बारे चर्चा गरे। बजारलाई बुझेमात्र कुनै पनि बस्तु तथा सेवाको उत्पादन, वितरण र विक्री गर्न सकिन्छ अर्थात समाज सुहाउदो व्यापार व्यवसाय खोल्न सकिन्छ भनेर उनले जोड दिए।

वास्तवमै देश विकासको मेरुडण्ढ भनेको अर्थतन्त्र नै हो । आर्थिक गतिविधि बढेमा मात्र देशले समृद्धीको पाटो समाउन पुग्दछ । खत्रीले उद्यमीशिलको महत्वबारेमा विशेष प्रशिक्षण दिएका थिए । सफल उद्यमीको परिचय, पहिचान, विशेषता, आधारबारेमा प्रशिक्षण गरे। वस्तु तथा सेवाको उत्पादन गरेमा मात्र हुदैन यसका लागी स्रोत व्यवस्थापन, बजार, ब्राण्डिङ, आयात निर्यातबारेमा पनि विशेष जानकारी हासिल गर्नुपर्दछ । यस्ता ज्ञानले मात्र सफल उद्यमी बन्ने सपना साकार पार्ने कुरामा प्रशिक्षक खत्रीले जोड दिए।

Published Date: 25 March 2024


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक