नेपाललाई आयरल्यान्ड वल्भसविरुद्ध सामान्य लक्ष्य

नेपाललाई आयरल्यान्ड वल्भसविरुद्ध सामान्य लक्ष्य : Icon Khabar

काठमाडौँ, चैत १२ । घरेलु टोली नेपाललाई ट्वान्टी-२० शृङ्खलाअन्तर्गत आयरल्यान्ड वुल्भ्सले सामान्य लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको आयरल्यान्ड वुल्भ्सले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १२१ रन जोडेको हो ।

आयरल्यान्ड वुल्भ्सका लागि ओपनर स्टेफन डोहेनीले सर्वाधिक ४६ रन जोडिन् । ३९ बल खेलेका उनले ४ चौका र २ छक्का प्रहार गरे । अन्य खेलाडीले नेपालविरुद्ध खुलेर खेल्न भने सकेनन् । थोमस मेयस र लियाम मकार्थीले समान १६/१६ रन जोड्दा फिओन ह्यान्डले ११ रन जोडे । बाँकी खेलाडीले दोहोरो रन पनि छुन सकेनन् ।

नेपालका लागि ललित राजवंशी, गुलशन झा तथा कुशल भुर्तेलले समान २-२ विकेट लिए । यस्तै करण केसी र कुशल मल्लले १-१ विकेट लिए । नेपालले ८ बलरको प्रयोग गरेको थियो । जसमध्य सोमपाल कामी, दिपेन्द्र सिंह ऐरि र अविनाश बोहराले कुनै विकेट लिन सकेनन् ।

Published Date: 25 March 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास