बनेपामा बस दुर्घटना, चालकसहित १२ जना घाइते

बनेपामा बस दुर्घटना, चालकसहित १२ जना घाइते : Icon Khabar

काभ्रे, चैत १२ । काभ्रेको बनेपामा बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । आज (सोमबार) बिहान साढे १० बजेतिर बनेपा नगरपालिका–१२ बाँसडोल थुम्कामा बा २ ख ९४५६ नम्बरको बस दुर्घटनामा परेको हो ।

बाँसडोलबाट बनेपा आउँदै गरेको बस आफै अनियन्त्रित भई स्थानीय शिवप्रसाद ज्ञावलीको साढे दुई तल्ले पक्की घरको गेटमा ठक्कर खाएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको बसमा ३० जना सवार थिए । जसमध्ये १२ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । घाइतेलाई शिरमेमोरीयल अस्पताल बनेपा पठाएको छ। दुर्घटनामा परेको बसका चालक पनि घाइते छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
2
+1
0
+1
1
+1
0
Published Date: 25 March 2024
Website | + posts




ताजा
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने