भक्तपुरमा हुन लागेको घरेलु उत्पादन मेलाको प्रचारार्थ भेला सम्पन्न

भक्तपुरमा हुन लागेको घरेलु उत्पादन मेलाको प्रचारार्थ भेला सम्पन्न : Icon Khabar

भक्तपुर, चैत ९ । भक्तपुर घरेलु तथा साना उद्योग संघको आयोजनामा यहि २०८० चैत्र १६ र १७ गते भक्तपुर नगरपालिका वडा नं २ स्थित नःपुखु परिसरमा भक्तपुर घरेलु मेला हुने भएको छ।

उक्त संस्कृति संरक्षण तथा पर्यटन प्रवर्द्धन लागि घरेलु उत्पादन मेला २०८० सम्बन्धि जानकारी गराउने उद्देश्यले आज स्थानीय बासिन्दाहरुको भेला वडा नं २ वडाध्यक्ष हरिप्रसाद बासुकलाको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।

सो अवसरमा प्रमुख अतिथि बासुकलाले घरेलु उत्पादन मेलाको यस वडालाई छनौट गर्नु भएकोमा संघप्रति आभार व्यक्त गर्दै मेला सभ्य र भव्य रुपमा सम्पन गर्न वडाले पनि सहयोग गर्न वचन दिए। हाल भक्तपुरमा विषेश गरी शुक्रबार र शनिबारआन्तरिक तथा वाह्य पर्यटन धेरै आउने हुँदा सो दिन हुने यातायातलाई सहज बनाउन नगरपालिकाले ठाउँ ठाउँमा पार्किङ्कको व्यवस्था गरेको भएतापनि त्यो अपुग भएको कारण व्यवस्थित पार्किङ्गको लागि नगरपालिकाले गृहकार्य गरिरहेको जानकारी गराए।

त्यसैगरी विषेश अतिथि पुर्व वडाध्यक्ष रविन्द्र खर्बुजाले यस्ता मेलाले स्थानीय बासिहरुलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा फाइदा हुने हुँदा यस्ता मेला महोत्सवहरु बेला बखत हुने पर्ने धारणा राखि मेलाको सफलताको कामना गरे ।

त्यसैगरी जनप्रतिनिधि श्यामसुन्दर मातांले स्थानीय बासिको सहयोग बिना कुनैपनि कार्य सफल नहुने भएको कारण मेला स्थलमै यसरी स्थानीय बासिहरुलाई जानकारी गराउने उद्देश्यले भेला राखेकोमा आभार ब्यक्त गरे ।

त्यसैगरी जनप्रतिनिधि मन्जु लाखाले भक्तपुर आउने आन्तरिक तथा वाह्य पर्यटकलाई मेला स्थलबारे जानकारी गराउन ठाउँ ठाउँमा मेला सम्बन्धि फ्लेक्स वा सुचना राख्नु पर्ने बताईन्।

आयोजक समितिका अध्यक्ष प्रेम खर्बुजाले भक्तपुर घरेलु तथा साना उद्योग संघले गर्दै आईरहेको विविध बिषयहरुबारे जानकरी गराउँदै यहाँ रहेको परम्परागत मौलिक उत्पादनलाई सस्कृति जोड्न तथा ती उद्योगहरुलाई जिवन्तता दिन आन्तरिक तथा बाह्य पर्यटक जोड्ने हेतुले यो मेलाको आयोजना गर्न लागेको जानकारी गराए।

यो सँगै भक्तपुर पर्यटन विकास समितिका रामसुन्दर भेलेले यो मेलाले व्यापार होईन व्यवसायिकता विकास गर्न आयोजना गरेको बताए । भक्तपुरको सिमित क्षेत्रमा मात्र घुम्ने पर्यटकलाई यस्ता मेलाको आयोजना गरी भक्तपुर भित्र घुमाउन सके समग्र भक्तपुरबासीको सास्कृतिक तथा आर्थिकस्तर पनि बृद्धि हुने बताए ।

भेला कार्यक्रममा संघका सचिव श्यामसुन्दर श्रेष्ठ निवर्तामान अध्यक्ष विरेन्द्र जति तथा महिला उद्यमी समितिका सभापति देवका श्रेष्ठले मेला गर्नुको औचित्यमाथि चर्चा गरे।

Published Date: 22 March 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास