सुन प्रकरणमा पक्राउ परेका महरा हाजिरी जमानतमा छुटे, उपचारका लागि नर्भिकमै भर्ना

सुन प्रकरणमा पक्राउ परेका महरा हाजिरी जमानतमा छुटे, उपचारका लागि नर्भिकमै भर्ना : Icon Khabar

काठमाडाैँ, चैत ९ । सुन तस्करी प्रकरणमा पक्राउ परेका सत्तारुढ नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महरा हाजिरी जमानीमा छुटेका छन् । आज (शुक्रबार) जिल्ला सरकारी वकिलको कार्यालयमा बयान सकिएसँगै उनलाई हाजिरी जमानीमा छोडेको हो ।

महरालाई छोराको जिम्मा लगाएर हाजिरी जमानीमा छाडेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए । हिरासतमुक्त भए पनि उनीमाथि अनुसन्धान भने जारी रहनेछ । सुन प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ ।

चैत्र ५ गते सोमबार बिहान रुपन्देहीबाट पक्राउ परेका महरालाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले अनुमति दिएको थियो । कमजोर स्वास्थ्य अवस्थाका कारण महरालाई नर्भिक अस्पताल भर्ना गरिएको थियो । उनलाई अस्पतालबाटै बयान दिन जिल्ला सरकारी वकिलको कार्यालय पेश गरेको थियो । सरकारी वकिलबाट छुटेपछि उनी उपचारका लागि नर्भिकमै भर्ना भएका हुन् ।

यही चैत ५ गते कपिलवस्तुको पकडीबाट पक्राउ परेका उनीमाथि चार दिनको म्याद लिएर सीआईबीले अनुसन्धान गरेको थियो । गत साउन २ गते ‘ब्रेक सु’ मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ पुसमा विद्युतीय चुरोट (भेप) मा ल्याइएको ९ किलो सुन तस्करीमा संलग्न चिनियाँ नागरिकसँग महराको नाम मुछिएपछि अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको हो । अघिल्लो पटक सीआइबीले उनीमाथि बयान कागज गराएर छाडेको थियो । सोही प्रकरणमा महराका छोरा राहुल महरा हाल पुर्पक्षका लागि थुनामा छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 22 March 2024
Website | + posts




ताजा
दशैंको घटस्थापनादेखि आजसम्म काठमाडौं उपत्यकामा १७५ सवारीसाधन दुर्घटना, ९ जनाको मृत्यु
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
ग्लोबल आइएमई बैंकद्वारा ८ प्रतिशत नगद लाभांश घोषणा
क्यासिनोले इजाजत लिएर मात्र विदेशी मुद्राको कारोबार गर्नुपर्ने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित