धरानमा घाँटी रेटिएको अवस्थामा किशोरीको शव फेला

धरानमा घाँटी रेटिएको अवस्थामा किशोरीको शव फेला : Icon Khabar

सुनसरी, चैत ७ । सुनसरीको धरानमा घाँटी रेटिएको अवस्थामा एक जना किशोरीको शव फेला परेको छ । धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र डिपोट स्कुल बीचमा रहेको खोल्सामा किशोरीको शव फेला परेको हो ।

धरान प्रहरीले दिएको जानकारी अनुसार मृत फेला परेकी किशोरीको घाँटी रेटिएको छ भने शव खोल्सामा घोप्टो परेको अवस्थामा भेटिएको हो । किशोरीको शव नजिकै खुकुरी पनि फेला परेको छ । मृतक किशोरीको पहिचान खुलिसकेको छैन । धरान प्रहरीले उनको हत्या नै भएको हुनसक्ने बताएको छ ।

‘आज साढे २ बजेतिर गाईबाख्रा चराउनेहरूले खोल्सामा शव देखेपछि प्रहरीलाई खबर गरिएको थियो,’ वडाध्यक्ष नरेन्द्र राईले भने, ‘अहिले शव पोष्टमार्टमका लागि बीपी प्रतिष्ठान लगिएको छ ।’ मृत भेटिएको किशोरीको पहिचान खुल्न सकेको छैन । तालिम प्राप्त कुकुरको सहायोगमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 20 March 2024
Website | + posts
ताजा
अमेरिकामा ६ हजारभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा रद्द
उपसभामुख हटाउन दुई तिहाइ पुर्‍याउने कसरत सुरु
मौसम पूर्वानुमान : कोशी र बागमती प्रदेशमा भारी वर्षाको सम्भावना
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू