धरानमा घाँटी रेटिएको अवस्थामा किशोरीको शव फेला

धरानमा घाँटी रेटिएको अवस्थामा किशोरीको शव फेला : Icon Khabar

सुनसरी, चैत ७ । सुनसरीको धरानमा घाँटी रेटिएको अवस्थामा एक जना किशोरीको शव फेला परेको छ । धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र डिपोट स्कुल बीचमा रहेको खोल्सामा किशोरीको शव फेला परेको हो ।

धरान प्रहरीले दिएको जानकारी अनुसार मृत फेला परेकी किशोरीको घाँटी रेटिएको छ भने शव खोल्सामा घोप्टो परेको अवस्थामा भेटिएको हो । किशोरीको शव नजिकै खुकुरी पनि फेला परेको छ । मृतक किशोरीको पहिचान खुलिसकेको छैन । धरान प्रहरीले उनको हत्या नै भएको हुनसक्ने बताएको छ ।

‘आज साढे २ बजेतिर गाईबाख्रा चराउनेहरूले खोल्सामा शव देखेपछि प्रहरीलाई खबर गरिएको थियो,’ वडाध्यक्ष नरेन्द्र राईले भने, ‘अहिले शव पोष्टमार्टमका लागि बीपी प्रतिष्ठान लगिएको छ ।’ मृत भेटिएको किशोरीको पहिचान खुल्न सकेको छैन । तालिम प्राप्त कुकुरको सहायोगमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Published Date: 20 March 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास