प्रधानमन्त्रीको स्पष्टीकरण : सहकारीबारे रबिमाथि अनुसन्धान गर्न नपर्ने प्रहरीको ब्रिफिङ छ

प्रधानमन्त्रीको स्पष्टीकरण : सहकारीबारे रबिमाथि अनुसन्धान गर्न नपर्ने प्रहरीको ब्रिफिङ छ : Icon Khabar

काठमाडौं, चैत ६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहकारी ठगी प्रकरणमा कैफियत गरेको देखिए उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई कारबाही गर्नबाट कसैले रोक्न नसक्ने बताएका छन् ।

आकस्मिक, शून्य र विशेष समयमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा उनले सहकारी ठगी प्रकरणमा हालसम्म गृहमन्त्री लामिछानेको भूमिका नदेखिएको बताए । यद्यपि, पछि कैफियत देखिएमा उनलाई कारबाही गर्नबाट कसैले रोक्न नसक्ने प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

तर, रवि लामिछानेको सहकारी ठगी प्रकरणमा संलग्नता रहेको भनेर कांग्रेसले राजनीतीकरण गरेको प्रधानमन्त्रीको आरोप छ । सरकार निकाय तथा प्रहरीसँग आफूले लिएको ब्रिफिङमा गृहमन्त्री लामिछानेको सहकारी ठगी प्रकरणमा संलग्नता नदेखिएको भन्दै उनले सदनमा अवरोध नगर्न कांग्रेसलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 19 March 2024
Website | + posts
ताजा
बाढीपहिरोका कारण एक महिनादेखि उत्तरी नाका बन्द भएपछि १७ सय कन्टेनर अलपत्र
ह्वाइट हाउसले सुरू गर्यो आधिकारिक टिकटक खाता
खानेपानी, जलस्रोत तथा सिँचाइ क्षेत्रमा दिगो र वैज्ञानिक प्रणाली अपनाउनु वर्तमान समयको आवश्यकता : मन्त्री यादव
प्रधानमन्त्री ओली प्रतिनिधि सभामा सांसदहरूसँग प्रश्नोत्तरमा सहभागी नहुने


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू