ख्वप कलेजमा विद्यार्थीहरुलाई मार्केटिङको प्रशिक्षण, विभिन्न विजनेस आइडियाबारे छलफल

ख्वप कलेजमा विद्यार्थीहरुलाई मार्केटिङको प्रशिक्षण, विभिन्न विजनेस आइडियाबारे छलफल : Icon Khabar

भक्तपुर, चैत ६ । भक्तपुर नगरपालिकाद्धारा संचालित ख्वप कलेज, भक्तपुर देकोचामा विश्वविद्यालय अनुदान आयोगको सहकार्यमा Entrepreneurship Support Program अन्तगर्त विभिन्न सेसनहरु संचालन भैरहेको छ ।

उक्त कार्यक्रमले विद्यार्थीहरुमा केही गरौ भन्ने सोचको विकास गदै आएको छ । विश्वविद्यालय अनुदान आयोगले नेपालबाट दक्ष जनशक्ति बाहिरिने क्रमलाई रोक्नको लागी साथै देशमै रोजगारिका अवसरहरु सृजना गर्ने उद्देश्यले कलेज पढदै गरेका विद्याथीैहरुलाई यस्ता कार्यक्रमहरुमार्फत उद्यमशिल बन्न प्रेरित गदै आइरहेको छ ।

यसका लागी विभिन्न प्रशिक्षण साथै आर्थिक रुपमा पनि सहयोग गर्ने नीति ल्याएको छ । आफनो मनमा रहेको विजनेस आइडियाको बारेमा सेसनमै विभिन्न छलफल गर्न पाएकाले सहभागी विद्यार्थीहरुमा सकारात्मक सोचको विकास भएको छ ।

यस्ता प्रशिक्षणले गर्दा आफै व्यवसाय स्थापना गर्ने सोचको विकास भएको कुरा सहभागीहरुले बताए । कतिपय सहभागीहरुले व्यवसायहरु गदै आएको त्यसै क्रममा आफुले भोग्नु परेको समस्याहरु बारे पनि विज्ञहरुसँग छलफल गर्ने मौका पाएका छन्। यस कार्यक्रम अन्तर्गत चैत्रको ५ गते त्रिविका प्रा.डा भोजराज अर्यालले मार्केटिङका अवधारण, यसका प्रकारहरु, मार्केटिङका रणनितिहरु, बजारको संम्भावयता लगायतका विषयमा प्रशिक्षण दिएका थिए।

उनले आजको समयमा जागिरे मानसिकतालाई त्यागेर हरेक व्यक्तिले उद्यमी सोचका साथ अघि बढनुपर्ने बताए। उद्यमी भनेको जन्मिदै बन्ने होइन यसलाई त बनाइने हो भन्ने विषयमा अर्यालले विशेष जोड दिएका थिए।

वास्तवमै कोही जन्मदै यस्ता गुण लिएर आएको हुँदैन। यसकालागी वरपरको वातावरण र सानैदेखि गरिने सामाजिकीकरणले महत्वपुर्ण भुमिका खेल्ने उलाने बताए। उनले भने,”हामी अझै पनि सानो बालबच्चालाई डाक्टर,इन्जिनियर बन्नु पर्छ भन्छौं यो भन्नु गलत हो भन्न खोजेको होइन तर अब ति बालबालिकालाई सफल उद्यमी बन्नु पर्छ भन्ने पो हो की ?”

उद्यमीले आफनो व्यवसाय मार्फत हजारौलाई सेवा तथा काम दिने गर्दछ । व्यवसायको सुरुवात सँगै यसको प्रचारप्रसार र विकासका बारेमा पनि सोच्नु जरुरी हुन्छ । व्यवसाय स्थापना गरेमा मात्र हुँदैन यसको मार्केटिङ हुनु जरुरी छ । सहि समयमा सहि तरिकाले गरिने मार्केटिङले व्यवसायलाई सफलताको शिखरमा पुराउन सक्दछ । सो कार्यक्रममा प्रा.डा भोजराज अर्यालले यस्तै महत्वपूर्ण कुरालाई जोड दिएका थिए।

यस सेसनमा विद्यार्थीहरुले व्यवसायका लागी मार्केटिङको आवश्यकता र महत्वबारे जानकारी हासिल गरेका छन्। प्रा.डा अर्यालले आफनो जिवनमा भोगेका अनुभवहरु निकै रोचक रुपमा प्रस्तुत गरेका थिए । उनी एक सफल उद्यमी पनि हुन् । व्यवसाय सुरु गर्दा सजिलै सफलता हासिल नहुने यसका लागी कडा मेहेनत र धैर्यता आवश्यक पर्ने कुरामा उनले जोड दिएका थिए ।

ख्वप कलेजमा संचालित सो प्रशिक्षणको अन्त्यमा Entrepreneurship Support Program की संयोजक अञ्जु ग्वाछाले प्रशिक्षक भोजराज अर्याललाई कलेजको तर्फबाट मायाको चिनो पनि प्रदान गरेकी थिइन् । यस प्रशिक्षणमा ४० जना प्रशिक्षार्थीहरु सहभागी भएको कुरा कलेजले आइकन खबरलाई जानकारी दिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
1
+1
0
+1
0
Published Date: 19 March 2024
सुनिता गाइसी
+ posts