रोनाल्डोको गोलमा अल नासरको जित

रोनाल्डोको गोलमा अल नासरको जित : Icon Khabar

काठमाडौँ, चैत ३ । साउदी प्रो लिगमा अल नासरले अल अहलीलाई पराजित गरेको छ । गए राति जेदाहमा भएको खेलमा अल नासरका क्रिष्टियानो रोनाल्डोले खेलको ६८ औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो ।

घरेलु टोली अल अहलीका रोजर इवानेजले पेनाल्टी बक्समा सामी अल नाजेइलाई फउल गरेपछि रेफ्रीले अल नासरलाई पेनाल्टी दिएका थिए । रोनाल्डोको पेनाल्टी गोलमा अल नासर १–० ले विजयी भयो । दोस्रो स्थानमा रहेको अल नासरको २४ खेलबाट ५६ अङ्क छ ।

शीर्षस्थानमा रहेको अल हिलालको २३ खेलमा ६५ अङ्क रहेको छ । प्रो लिगकै अर्को खेलमा अल ताई र अल इत्तिफाक तथा अल फाया र अल रियादले समान १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् । –एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 16 March 2024
Website | + posts
ताजा
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
Argus Education Bhaktapur को ३ दिने एक्सपोमा सहभागी हुँदा IELTS र PTE कक्षाहरु निशुल्क
रोपाइँ सकिएसँगै भक्तपुरमा हरियालीको मनमोहक दृश्य


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू