सीआईबी प्रमुख किरण बज्राचार्यलाई जिम्मेवारीबाट हटाउने तयारी

सीआईबी प्रमुख किरण बज्राचार्यलाई जिम्मेवारीबाट हटाउने तयारी : Icon Khabar

काठमाडौं, चैत २ । सरकारले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुख किरण बज्राचार्यलाई जिम्मेवारीबाट हटाउने तयारी गरेको छ । सुन तस्करीसम्बन्धी जाँचका लागि गठित उच्चस्तरीय आयोगले अनुसन्धानमा गम्भीर त्रुटि औंल्याएपछि उनलाई जिम्मेवारीबाट हटाउने तयारी थालिएको हो ।

उनलाई ब्यूरोबाट हटाउने प्रस्ताव आगामी मन्त्रिपरिषद् बैठकमा लैजाने तयारी गृह मन्त्रालयको छ । बज्राचार्य एक वर्षभन्दा अगाडिदेखि सीआईबीको प्रमुख छिन् । आयोगले सुन तस्करीको अनुसन्धानमा गम्भीर त्रुटि औंल्याउँदै सीआईबी प्रमुख बज्राचार्य, एसपी सञ्जयसिंह थापा र डीएसपीद्वय रुगम कुँवर र दुर्गा दाहाललाई कारबाही गर्न सिफारिस गरेको छ ।

ब्यूरोले सुनकाण्डका आरोपी जीवन चलाउनेलाई कार्यालयमा हाजिर गराएर पनि कागज मात्र गराएर छाडेको आयोगले तथ्य फेला पारेको छ । कतिपय सरकारी कर्मचारी र पूर्व सभामुख कृष्णबहादुर महरा लगायतलाई जोगाएको आरोप पनि सीआईबीमाथि छ ।

Published Date: 15 March 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास