अक्स्फोर्डमा गणित विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

अक्स्फोर्डमा गणित विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न : Icon Khabar

भक्तपुर, चैत १ । बुधबार अक्स्फोर्ड प्राक्टिकल स्कूलमा विभिन्न विद्यालयका कक्षा १० का विद्यार्थीहरूका निम्ति एसईई २०८० केन्द्रित गणित विषयात्मक क्षमता अभिवृद्धि तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न भयो।

शैक्षिक विकासका लागि संयुक्त विद्यालयहरुको संगठन ( युज्डो) तथा अक्स्फोर्ड प्राक्टिकल स्कूलको संयुक्त आयोजनामा संचालित सो कार्यक्रममा ग्रीन पब्लिकेशनको निम्ति गणित विषयका लेखक मेदनी प्रसाद कँडेलले आउँदै गरेको एसईई परीक्षालाई ध्यानमा राखी विद्यार्थीहरूका लागि चाहिने व्यवहारिक ज्ञान, विषयात्मक समस्या हल गर्नका लागि आवश्यक युक्तिहरुको बारे छलफल गरे।

शाइनिङ स्कूल, इमेज स्कूल, अक्स्फोर्ड प्राक्टिकल स्कूलका कक्षा १० का विद्यार्थीहरूको सहभागिता भएको उक्त कार्यक्रममा सहजकर्ता कँडेलले गणित विषयको औचित्य, व्यवहारिक जीवनमा यसको प्रयोग, उच्च शिक्षामा यसको महत्त्वको बारेमा समेत सहभागी विद्यार्थीहरुलाई सचेत गराए।

परीक्षाको समयमा विद्यार्थीहरुले जानेर वा नजानेर गर्न सक्ने स-साना गल्तीहरुले समेत अथक परिश्रमलाई प्रभाव पार्न सक्ने भन्दै उनले विद्यार्थीहरुलाई नहतारिकन र डर रहित वातावरणमा सरल प्रश्नहरु हल पहिले गरी बाँकी प्रश्नहरुलाई समय दिएर हल गर्न सुझाव दिएका थिए ।

सहभागी सम्पूर्ण विद्यालयका प्रतिनिधि शिक्षकहरुले कार्यक्रमप्रति सन्तुष्टि व्यक्त गर्दै युज्डोका अध्यक्ष तथा अक्स्फोर्ड प्राक्टिकल स्कूलका संस्थापक राम दुवालले कार्यक्रमको अन्त्यमा सहजकर्ता मेदनी प्रसाद कँडेललाई मायाको चिनो प्रदान गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
Published Date: 14 March 2024
Website | + posts