सुनको भाउ बढ्ने क्रम रोकिएन

सुनको भाउ बढ्ने क्रम रोकिएन : Icon Khabar

काठमाडौं, चैत १ । नेपाली सुनचाँदी बजारमा आज सुनको मूल्य बढेकाे छ। बुधबार १ लाख २५ हजार रूपैयाँमा काराेवार भएकाे छापावाल सुन आज ८ सय रूपैयाँले बढेर १ लाख २५ हजार ८ सय रूपैयाँमा काराेवार भइरहेकाे छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २५ हजार २ सय रूपैयाँ तोकिएको छ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेकाे छ। अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु ५० रूपैयाँले बढेर १ हजार ५ सय १५ रूपैयाँ तोकिएको महासङ्घले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 14 March 2024
Website | + posts