मन्त्री श्रेष्ठले भने- ‘खेलकुदमा राजनीति नगर्नु, गर्नै मन भए चुनाव लड्नुस्’

मन्त्री श्रेष्ठले भने- ‘खेलकुदमा राजनीति नगर्नु, गर्नै मन भए चुनाव लड्नुस्’ : Icon Khabar

काठमाडौं, चैत १ । नवनियुक्त युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा राजनीति नगर्न र गर्ने मन भए चुनाव लड्न आग्रह गरेका छन्।

बुधबार राखेपले आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले खेलकुदको क्षेत्रमा राजनीति नगरी खेलकै हिसाबले अगाडि बढ्न दिनुपर्ने बताएका हुन्।

उनले भने, ‘यदी राजनीति गर्नु छ भने चुनाव लड्न आउनुस् तर खेलमा राजनीति नगर्नुस्। खेलकुदलाई खेलकै हिसाबले अगाडि बढ्न दिनुपर्छ। खेल क्षेत्रमा रहेका भौतिक र आर्थिक समस्या समाधान गर्न म तयार छु। त्यसका लागि साथ लिन तपाईं पनि त तयार हुनुपर्यो। ताली एक हातले मात्र बज्दैन।’

खेलकुदको विकास भएन भन्ने कथन लामो समयदेखि सुन्दै आएको उल्लेख गर्दै मन्त्री श्रेष्ठले सबैले आफ्नो क्षेत्रमा जिम्मेवार र गम्भीर भएर लाग्नुपर्ने बताए।

उनले भने,‘खेलकुदको विकास भएन भन्ने सुन्दै आएका छौं। खेलकुद क्षेत्रमा जिम्मेवार र आसलाग्दा व्यक्ति यहाँ हुनुहुन्छ। अब पनि विकास नभए कहिले हुन्छ त? तर त्यो हुनका लागि सबैले आफ्नो आफ्नो काम गर्न निवेदन गर्दछु। ममा जादुको छडी छैन। सबै बोझ म बोक्ने होइन।’

आफूले मन्त्री पद सम्हालेदेखि नै परीक्षाको घडी सुरु भइसकेको उल्लेख गर्दै उनले खेल क्षेत्रको विकासका लागि भरपुर प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे।

Published Date: 14 March 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास