प्रतिनिधिसभाको बैठक बस्दै, निजामति विधेयक प्रस्तुत हुने

प्रतिनिधिसभाको बैठक बस्दै, निजामति विधेयक प्रस्तुत हुने : Icon Khabar

काठमाडाैँ, चैत १ । प्रतिनिधिसभाको बैठक आज (बिहीबार) बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्ने छ । बैठक बिहान ११ः०० बजे बोलाइएको छ ।

संसद सचिवालयका अनुसार नेमकिपाका सांसद प्रेम सुवालले ‘संघीय निजामती सेवा विधेयक २०८०’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राख्ने बिरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिनेछ । त्यसपछि, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले ‘संघीय निजामती सेवा विधेयक २०८०’ प्रस्तुत गर्नेछन् ।

मन्त्री जोशीले नै ‘निर्माणमुखी सामग्री (ब्यवस्थापन तथा नियमन) विधेयक–२०८० माथि बिचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सचिवालयले जनाएको छ । साथै, आ.व. २०८१/२०८२ को लागि विनियोजन बिधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल प्रारम्भ गरिने महासचिव पदमप्रसाद पाण्डेयले जानकारी दिएका छन् ।

Published Date: 14 March 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास