राष्ट्रिय सभा उपाध्यक्ष एकीकृत समाजवादीलाई दिइने

राष्ट्रिय सभा उपाध्यक्ष एकीकृत समाजवादीलाई दिइने : Icon Khabar

काठमाडौं, फागुन २९ । राष्ट्रिय सभाको उपाध्यक्ष सत्ता साझेदार नेकपा एकीकृत समाजवादीलाई दिन नेकपा एमाले सहमत भएको छ । आज बिहान भएको छलफलमा एमालेले शक्ति सन्तुलनको सिद्धान्तलाई ख्याल गर्दै उपाध्यक्ष दिन सहमत भएको स्रोतले जानकारी दिएको छ ।

‘राष्ट्रिय सभा अध्यक्षको निर्वाचन अघि सत्ता साझेदार प्रमुख तीन दल, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका अध्यक्षबीच हालको सहकार्यलाई आगामी दिनमा मजबुद बनाउने विषयमा छलफल हुँदा नेकपा एसका अध्यक्षले राष्ट्रिय सभा उपाध्यक्ष एसलाई दिन आग्रह गरेका थिए त्यसमा एमाले अध्यक्ष केपी ओली सहमत भएका हुन्’, स्रोतले भन्छ । तीन नेताहरुबीच भएको छलफलपछि नयाँ बानेश्वरमा सत्ता साझेदार दलहरुबीच नयाँ समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको पुर्नगठित सरकारलाई सुदृढ र सफल पार्ने लक्ष्यका साथ मंगलबार सात बुँदे समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । हस्ताक्षर गर्नेहरूमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव छन् ।

उनीहरुले राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवारलाई समर्थन गर्ने, नयाँ संयुक्त सरकार गठन प्रक्रियामा सकारात्मक अन्य दलहरूसँग संवाद अघि बढाउने, सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक, शान्ति प्रक्रिया र देशमा स्थायी शान्ति कायम गर्नका लागि यससँग सम्बन्धित अन्य विषयहरू सहमतिका आधारमा अविलम्ब टुङ्ग्याउने, यसैगरी सङ्घीयता कार्यान्वयनसँग सम्बन्धित बाँकी कानुन निर्माण गरी सबै तहका सरकारलाई प्रभावकारी बनाउने, देशमा आर्थिक समस्या सम्बोधन गर्दै राष्ट्रिय हित र लोकतन्त्रलाई सुदृढ बनाउन सरकारको नीति तथा कार्यक्रमलाई मार्गदर्शन गर्ने गरी सरकारमा सहभागी दलहरूका बिचमा साझा न्यूनतम कार्यक्रम तयार गर्ने सहमति पनि यी दलहरूबिच नयाँ सहमति भएको थियो । त्यसमा यसअघि राष्ट्रिय सभा उपाध्यक्ष नेकपा एमालेले पाउने बुँदा हटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 12 March 2024
Website | + posts