नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि : Icon Khabar

काठमाडौं, फागुन २७ । आइतबार नेप्से २२.१० अबंकले बढेर २०५२.६५ विन्दुमा पुगेको छ भने कारोबार रकम पनि ३ अर्ब नजिक पुगेको छ। आइतबार २ अर्ब ९२ करोड २७ लाख ७१ हजार ५५८ रुपैयाँ बराबरको ७० लाख ४३ हजार ४५७ कित्ता शेयर कारोबार भएको छ। नेप्से सूचकसँगै कारोबार रकम पनि बढ्दा यसले शेयर बजार सकारात्मक लयमा रहेको देखाउछ।

आइतबार कारोबारमा आएका १३ उपसमूहमध्ये हाइड्रोपावर बाहेक अन्य १२ वटा उपसमूहको सूचक बढेको छ । जसमा लघुवित्त उपसमूहको सूचक ४.२१ प्रतिशतले बढेको छ भने लाइफ इन्स्योरेन्स, ननलाइफ इन्स्योरेन्स, लगानी, होटल, विकास बैंक, फाइनान्स र म्युचुअल फण्ड उपसमूहको सूचक १ प्रतिशतभन्दा धेरैले बढेको छ। पछिल्लो समय ट्रण्डिङमा रहेको हाइड्रोपावर समूह भने केहि सुस्त देखिएको छ। लगानीकर्ताले हाइड्रोपावर भन्दा अन्य सेक्टरमा लगानी बढाउन थालेको देखिन्छ।

आज विन लघुवित्त र जाल्पा लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने महुली लघुवित्तको ८.७२ प्रतिशत, सपोर्ट माइक्रोफाइनान्सको ८.७१ प्रतिशत र उन्नति सहकार्य लघुवित्तको ७.९४ प्रतिशतले बढेको छ। उच्च दरमा बढ्ने कम्पनीहरुमा धेरै लघुवित्त कम्पनीहरु छन्।

यता चिरख्वा हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ७.०६ प्रतिशतले घटेको छ भने पिपुल्स पावरको ६.९५ प्रतिशत, जोशी हाइड्रोपावरको ५.७९ प्रतिशत र मध्ये भोटेकोशीको ३.३४ प्रतिशतले घटेको छ। उच्च दरमा घट्ने कम्पनीहरुमा धेरै हाइड्रोपावर कम्पनी परेका छन्।

आइतबार शिवम् सिमेन्टको सबैभन्दा धेरै २२ करोड ९३ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने सोनापुर मिनिरल्सको १८ करोड १३ लाख, जोशी हाइड्रोपावरको ७ करोड ९० लाख र हाथवे इन्भेष्टमेन्टको ७ करोड २८ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 10 March 2024
Website | + posts
ताजा
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
Argus Education Bhaktapur को ३ दिने एक्सपोमा सहभागी हुँदा IELTS र PTE कक्षाहरु निशुल्क
रोपाइँ सकिएसँगै भक्तपुरमा हरियालीको मनमोहक दृश्य


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू